समय : ०१:२७ pm | मङ्गलबार , असार ३० गते २०८३

फक्ताङ्लुङको छात्रवृत्ति कार्यक्रमबाट यस वर्ष १४० विद्यार्थी लाभान्वित हुँदै

सेवालुङ खवर | असार २३ गते २०८३

ताप्लेजुङ, अषाढ २२ गते ।फक्ताङ्लुङ गाउँपालिकाको छात्रवृत्ति कार्यक्रमबाट यस आर्थिक वर्षमा १४० विद्यार्थी लाभान्वित हुने भएका छन्। विगतका आर्थिक वर्षहरूबाटै सञ्चालित छात्रवृत्ति कार्यक्रममा पालिकाभित्र अध्यापन नहुने विभिन्न संकायका लागि जिल्लाका अन्य स्थानीय तहका शैक्षिक संस्थाहरूमा कक्षा ११,१२ र स्नातक तह अध्ययनरत प्राविधिक र साधारण धारतर्फका विद्यार्थीहरू लाभान्वित हुने भएका हुन् ।साधारण धारतर्फ अध्ययन गरिरहेका विद्यार्थीहरूले शैक्षिक संस्थामा बुझाएको रकमको शत प्रतिशत पालिकाले बेहोर्नेछ । साधारण धारतर्फ छात्रावृत्ति कार्यक्रममा आबेदन दिएका विद्यार्थीहरूको सङ्ख्या १३५ जना रहेको छ। त्यस्तै प्राविधिक धारतर्फ अध्ययन गरिरहेका विद्यार्थीहरूले बुझाएको रकमको ५० प्रतिशत बेहोर्ने गाउँपालिका प्रमुख राजन लिम्बु (मुक्ति)ले जानकारी दिनुभयो। प्राविधिक धारतर्फका पाँचजना विद्यार्थी यो कार्यक्रममा समावेश भएका छन्। उक्त कार्यक्रमको लागि गाउँपालिकाले कुल १९ लाख ६१ हजार ४००रुपैयाँ निकासा गर्दैछ । सम्बन्धित विद्यार्थी वा उनीहरूको अभिभावकको खातामा रकम निकासा गरिदिने पालिका अध्यक्ष लिम्बूले रेडियो ताप्लेजुङसँग बताउनुभयो । छात्रवृत्ति कार्यक्रममा छुटिएको भए सम्पर्कमा आउन पनि फक्ताङ्लुङ गाउँपालिका स्थायी बसोबास भई जिल्लाका जुन कुनै शैक्षिक संस्थाहरूमा अध्ययनरत विद्यार्थीहरूलाई उहाँले आग्रह गर्नुभएको छ। छात्रवृत्ति कार्यक्रमका लागि उल्लेख्य रूपमा आवेदन प्राप्त भएकाले आफू उत्साहित रहेको अध्यक्ष लिम्बुको भनाइ छ। “विभिन्न कारणले पढाइ स्थगित गरेका विद्यार्थीहरू समेतले पढाइलाई पुनर्जीवित गर्न अबसर पाउँने वातावरण बनेको छ ,आर्थिक कारणले पढाइबाट टाढा हुन नपरोस् भनेर पालिकाले यो कार्यक्रम ल्याएको हो। ” अध्यक्ष लिम्बुले भन्नुभयो ।– रेडियो ताप्लेजुङ,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्