समय : ०१:३३ pm | मङ्गलबार , असार ३० गते २०८३

ताप्लेजुङ फुङलिङ नगरपालिका वडा नं ६ को नवनिर्मित भवनको उद्घघाटन,

सेवालुङ खवर | असार १७ गते २०८३

ताप्लेजुङ, असार १७ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ६ ले नवनिर्मित भवनको उद्घाटन, जग्गा दाता सम्मान र सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । २०७२ सालको फागुन २८ गते सम्पन्न भएपनि यसको औपचारिक उद्घाटन भने बुधवार मात्र गरिएको छ । वडा सचिव रनकुमार विकका अनुसार भवनका लागि १ करोड ३६ लाख ३९ हजार १ सय ४८ रुपैयाँ लागत अनुमान रहेकोमा ममता निर्माण सेवाले ७२ लाख ८३ हजार ६ सय ८० रुपैयाँमा भवन निर्माण कार्य पूरा गरेको हो। भवनको फुङलिङ नगरप्रमुख अमिर मादेन, उपप्रमुख भीमादेवी ओझा, प्रमुख प्रशासकीय अधिकृत मोहनलाल पनेरु र वडाध्यक्ष मदन गुरुङ संयुक्त रुपमा उद्घाटन गर्नु भएको छ । भवन उद्घाटन संगै वडा कार्यालय भवन निर्माणका लागि फुङलिङ नगरपालिकालाई निःशुल्क जग्गा रजिष्ट्रशन पास गरिदिने जग्गादाताहरुलाई सम्मान गरिएको थियो । भवन निर्माणका लागि यिगेन्द्रकुमार गुरुङ र खिनमाया गुरुङले ३ रोपनी, स्वर्गीय नरबहादुर गुरुङको परिवारकातर्फबाट याम गुरुङ र सरिता गुरुङले १ रोपनी ७ आना, स्वर्गीय आमा बछलीमाया गुरुङ तथा स्वर्गीय छोरा खड्गबहादुर र पद्मा गुरुङको नाममा उहाँहरुका छोराछोरीले मिलेर झण्डै २ रोपनी १४ आना र स्वर्गीय बलबहादुर चन्द्रबहादुर पूर्णबहादुर र बृखबहादुरको स्मृतिका उहाँहरुका छोरा छोरीको तर्फबाट ६ रोपनी जग्गा प्राप्त भएको वडा कार्यालयले जनाएको छ । जग्गा दाताहरुका तर्फबाट यिगेन्द्रकुमार र खिनमाया इन्द्रकुमार गुरुङ, काजीमान गुरुङ र कुमार गुरुङ, सागर गुरुङ र कृष्णबहादुर गुरुङ तथा भीबहादुर गुरुङले सम्मानपत्र ग्रहण गर्नु भएको थियो । वडा कार्यालय उद्घाटनकै अवसरमा वडा कार्यालयमा कर्मचारीमध्ये उत्कृष्ट काम गर्ने सव ईञ्जिनियर मनोज पौडेल तथा कार्यालय कर्मचारी मनिषा राई जनही नगद ३हजार रुपैयाँ सहित पुरस्कृत हुनुभयो फु.न.पा वडा नं ६ ले आर्थिक बर्ष २०८२।८३ मा वडाक्षेत्रमा नगरपालिका, वडापालिका, संघीय र प्रदेश सरकार मातहत सञ्चालन भएका योजना,योजनाको कार्यान्वयन अवस्था, आगामी आर्थिक बर्ष २०८३।८४ मा सञ्चालन हुने योजनासहितको विवरण प्रस्तुति सहित सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा याम गुरुङ, डिल्लीराम गुरुङ, पूर्ण गुरुङ, दीपेन्द्र कार्की, राजु गुरुङ र कुमारी लिम्बूले विभिन्न जिज्ञासा तथा सुझावहरु पेश गर्नु भएको थियो । सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका बिषयबस्तुका सवालको जवाफ दिदें वडाध्यक्ष गुरुङले सेवा प्रवाह प्रभावकारी बनाउन सेवाग्राहीले उठाएका सवालहरुको सम्बोधन तथा प्राप्त सुझावका आधारमा अघि बढ्ने प्रतिबद्धता जनाए । कार्यक्रममा फुङलिङ १ का वडाध्यक्ष रुद्रकुमार मादेन, २ का वडाध्यक्ष मोहन न्यौपाने, ३ का वडाध्यक्ष टंकबहादुर पालुङ्वा, ७ का वडाध्यक्ष योगेन्द्रप्रसाद निरौला र वडा नं ११ का वडा सदस्य लक्ष्मीप्रसाद बिष्ट सहित जनप्रतिनिधि तथा वडासचिव सहितका कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न वक्ताहरुले कार्यक्रम सफलताको शुभकामना दिनु भएको थियो । –खगेन्द्र अधिकारी,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्