समय : ०७:०४ pm | आइतबार , भाद्र २८ गते २०८३

मजदुर माथि कुटपिट भएको घटना जिल्ला प्रहरी कार्यालय ताप्लेजुङद्धारा टोली गठन

सेवालुङ खवर | असार १३ गते २०८३

ताप्लेजुङ, असार १३ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाका वडा नं २ थेचम्बुमा एक मजदुर माथिनिर्मम ढंगले कुटपिट भएको घटना सामाजिक सञ्जालमा बाहिरिएपछि ताप्लेजुङले अनुसन्धानका लागि टोली गठनगरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख (डिएसपी) उमेश जोशीले सामाजिक सञ्जालमा बाहिरिएको उक्त घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षक जटाशंकर यादवको नेतृत्वमा तीन सदस्य समिति गठन गरिएकोजानकारी दिनुभयो । शनिवार गठन गरिएको अनुसन्धान टोलीलाई घटनाको बारेमा अनुसन्धान गरी बिस्तृतप्रतिबेदन पेश गर्न ५ दिनको समय दिईएको ताप्लेजुङ प्रहरीले जनाएको छ ।अनुसन्धान टोलीले दिएको प्रतिबेदनका आधारमा टोलीले दोषी उपर कारवाहीको प्रकृया अघि बढाउने समेतडिएसपी जोशीले बताउनुभयो । कुटपिटबाट पीडित व्यक्ति विकास लामा रहेको प्रहरीले जनाएपनि उनको ठेगानाबारे केहि खुलाएको छैन । शुक्रवारबाट सामाजिक सञ्जालमा सडकमा सुताएर एक व्यक्तिलाई केहि समूहले कुटपिट गरेको भिडियो बाहिर आएको थियो ।–उज्यालो पोष्ट

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्