फुङ्लिङ – ताप्लेजुङको फुङ्लिङ नगरपालिका ६, चप्लेटीमा आगलागी हुँदा ४ लाख बराबरको क्षति भएको छ । मंगलबार स्थानीय कुलबहादुर गुरुङको घरको मतानमा आगलागी हुँदा उक्त क्षति भएको वडाध्यक्ष मदन गुरुङ (तेज) ले जानकारी दिनुभयो ।उहाँका अनुसार मतानमा राखिएको १५ मुरी आलु, एक मुरी तोरी तथा काठपात जलेर नष्ट भएको हो । जस्तापाता र ढुङ्गा, माटोले बनेको मतानमा अगलागी भएको हो । मतानकै छेउमा बस्तुलाई कुडो पकाउने क्रममा आगो सल्किएको वडाध्यक्ष गुरुङले जानकारी दिनुभयो । आगो नेपाल प्रहरी, फुङलिङ नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा नियन्त्रणमा आएको वडाध्यक्ष गुरुङले बताउनुभयो । –बिक्रम लाम्गादे,
फुङ्लिङ ६ चप्लेटीमा आगलागी हुँदा ४ लाख बराबरको क्षति








