ताप्लेजुङ जिल्लाको फुङ्लिङ नगरपालिका ४ होटल पाथिभरामा राष्ट्रिय पोषण कार्यक्रम एक दिने अभिमुखीकरण तालिम सम्पन्न भएको छ । उक्त राष्ट्रिय पोषण कार्यक्रम एक दिने अभिमुखी तालिम स्वास्थ्य तथा जन सङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा र कोशी प्रदेश स्वास्थ्य कार्यालय समन्वय सँगै जिल्ला स्वास्थ्य कार्यालय ताप्लेजुङ को आयोजनामा भएको थियो । आज अषार ९गते मङ्गलबारका दिन होटल पाथिभरा ताप्लेजुङमा आमाको दूतलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण ऐन २०७९ तथा नियमावली २०५१ (BMS ACT) सम्बन्धी सरोकारवाला निकायहरूसँग एक दिने अभिमुखीकरण तालिम गरिएको थियो । राष्ट्रिय पोषण कार्यक्रममा ताप्लेजुङका व्यवसायी उद्योग वाणिज्य महासङ्घ र विभिन्न व्यावसायिक हरूसँग पनि छलफल गरिनुका साथैभिविन्न सञ्चार संस्थका उपस्थिति रहेको थियो। तालिममा ताप्लेजुङ जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत रूपेश यादव र ताप्लेजुङ उद्योग वाणिज्य का सभापति विकास गौतम ले उपस्थित जनाएका थिए। तालिममा कोलचेन्ज जिल्ला स्वास्थ्य कार्यालय ताप्लेजुङका दिनेश रायले छाया प्रकाश साथै कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

फोटो:तस्विर बसन्त लिम्बु लाबुङ,








