जेठ २५ गते ।जिल्लाको मेरिङदेन गाउँपालिकाले विशेष संरक्षणको आवश्यकता भएका बालबालिकालाई शैक्षिक प्रोत्साहन भत्ता वितरण गर्ने भएको छ। प्रमुख प्रशासकीय अधिकृत बिदुर अधिकारीका अनुसार गाउँपालिकाको आर्थिक वर्ष २०८२।८३ मा महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा मार्फत विनियोजित बजेट अनुसार सो कार्यक्रम सञ्चालन गरिदै छ । विशेष संरक्षणको आवश्यकता रहेका १८ वर्ष मुनिका बालबालिकाको लागि उक्त भत्ता वितरण गर्न लागिएको हो। गाउँपालिकाले आमाबुबाको मृत्युदर्ताको फोटोकपी ,संरक्षकको नागरिकताको फोटोकपी ,वडा कार्यालयको सिफारिस, जन्मदर्ताको फोटोकपी र बालबालिकाको दुईप्रति पासपोर्ट साइजको फोटोसहित सम्पर्क गर्न आग्रह गरेको छ। शैक्षिक प्रोत्साहन भत्ता भन्नाले सामान्यतया बालबालिकाको शिक्षा प्रवद्र्धन गर्न नगद सहायता, छात्रवृत्ति, शैक्षिक सामग्री, वा अन्य आर्थिक सहयोग प्रदान गर्ने कार्यक्रम हो। यस्ता कार्यक्रम विभिन्न स्थानीय तहहरूले आफ्नै कार्यविधि अनुसार सञ्चालन गर्ने गरेकाछन् ।– रेडियो ताप्लेजुङ
मेरिङदेन गाउँपालिकाले शैक्षिक प्रोत्साहन भत्ता वितरण गर्ने








