समय : १०:३५ pm | सोमबार , जेठ १८ गते २०८३

फुङ्लिङ ६ का करिब ८५ जना जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण

सेवालुङ खवर | जेठ १८ गते २०८३

फुङ्लिङ – जिल्लाको फुङ्लिङ नगरपालिका वडा नं.–६, का जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण गरिएको छ । शनिबार वडा भित्रका करिब ८५ जना जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण तथा सुकेटार भ्रमण गराइएको वडाध्यक्ष मदन गुरुङ (तेज) ले जानकारी दिनुभयो । उहाँका अनुसार वडाको बार्षिक स्वीकृत कार्यक्रम अनुसार उक्त कार्यक्रम गरिएको हो । वडाबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरिएको हो । फुङ्लिङ नगरपालिकाका जनस्वास्थ्य निरिक्षण मञ्जु गुरुङको समन्वयमा जेष्ठ नागरिककको सुगर, प्रेसर जाँच तथा स्वास्थ्य परामर्श गरिएको वडाध्यक्ष गुरुङले जानकारी दिनुभयो । कार्यक्रममा फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेन, उपप्रमुख भिमादेबी ओझा लगायत कर्मचारी र स्थानीयको उपस्थिती रहेको थियो । –बिक्रम लाम्गादे,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्