समय : १२:३६ pm | आइतबार , भाद्र २८ गते २०८३

केबलकार खारेजी आन्दोलन : संघ संस्था संग छलफल, वर्तमान सरकारले बिबादको निकास दिने बिश्वास

सेवालुङ खवर | जेठ ९ गते २०८३

फुङ्लिङ – पाथीभरा (मुकुम्लुङ) मा केबलकार खारेजीको आन्दोलन अन्र्तगत जिल्लामा क्रियाशील बिभिन्न संघ, संस्था संग छलफल तथा अन्र्तक्रिया गरिएको छ । शनिबार फुङ्लिङमा संघ, संस्थाहरुको साझा धारणा सहित छलफल गरिएको हो । छलफलमा बिभिन्न संघ, संस्थाबाट प्रतिनिधित्व गर्ने व्यक्तिहरुले पाथीभरा (मुकुम्लुङ) केबलकार बिबादको शीघ्र समाधानमा जोड दिएका छन् । बर्षाैदेखिको आन्दोलनले जिल्लाको सामाजिक तथा सांस्कृतिक वातावरणमा बिचलन आउन सक्नेतर्फ संकेत गर्दै समस्या समाधानका लागि सबैको भूमिका औँल्याएका छन् । खासगरी धार्मिक स्थलको अतिक्रमण रोकिनुपर्ने र वार्ता र संवादबाट समाधान खोज्न आग्रह गरेका छन् । उनीहरुले वर्तमान सरकारले यस बिबादको निकास दिने बिश्वास समेत व्यक्त गरेका छन् । कार्यक्रममा बोल्दै मुकुम्लुङ साहित्य प्रष्ठिानका अध्यक्ष मनिस हेल्लोकले केबलकार बन्ने नबन्ने भन्दा पनि यस क्षेत्रको धार्मिक आस्था र प्राकृतिक सौन्दर्यतामाथि हस्तक्षेप हुन नहुने बताउनुभयो । बिबाद र द्वन्द्व मात्र समाधानको मार्ग नभएकाले सबैले संयमता अपनाएर अघि बढ्नुपर्ने धारणा राख्नुभयो । लोकतन्त्रमा बोल्ने र बिरोध गर्ने सबैको अधिकार भएकाले सबैको भावनालाई सम्मान गर्दै अघि बढ्न आग्रह गर्नुभयोे । यस्तै उद्योग बाणिज्य महासंघका उपाध्यक्ष दावा शेर्पाले धर्म र जातजाति बिचको मतभेदले समाजमा नकारात्क सन्देश जाने भएकाले त्यसतर्फ सचेत गराउनुभएको छ । केबलकार निर्माणको सन्दर्भमा अनियमितता गर्ने र किर्ते गर्नेलाई कारबाही हुनुपर्ने बताउँदै शेर्पाले केबलकार खारेजीम मात्रै सम्पूर्ण समस्याको समाधान नभएको धारणा राख्नुभयो ।यस्तै जिल्ला समन्वय समितिका उपप्रमुख कृष्ण प्रसाद लिङ्खिमले बिकास निर्माणको नाममा नागरिकमाथि गोली चल्नु दुखद रहेको बताउँदै तत्कालीन सरकारको जिम्मेवारी कर्तव्यमाथि प्रश्न उठाउनुभयो । लोकतन्त्रमा बिरोध गरेकै कारण जनतामाथि गोली चलाउनु गलत रहेको उहाँको भनाई छ । केबलकार संयुक्त संर्घष समितिका संयोजक श्री लिङखिमले केबलकार निर्माणको नाममा किर्ते र जालसाँजी गतिबिधि आफुहरुलाई स्वीकार्य नहुने बताउनुभएको छ । आफूहरुको एउटै माग मुकुम्लुङ क्षेत्रमा केबलकारी खारेजी रहेको बताउँदै निर्माण कार्य गैरकानूनी संबिधान बिपरित र नागरिकको भावना बिपरित रहेको दाबी गर्नुभयो ।आन्दोलनको कार्यक्रम अन्र्तगत जेठ ११ गते अर्थात आइतबार कालो झन्डासहित कोणसभा, जेठ १६ गते फुङ्लिङ बजारमा खबरदारी तथा विरोध प्रदर्शन र जेठ १७ गते मुक्कुम्लुङ क्षेत्रमा वृक्षरोपणसहित विरोध प्रदर्शन गरिने सङ्घर्ष समितिले जनाएको छ । समितिले वन फँडानी, जग्गा किनबेचमा ठगी, भ्रष्टाचार तथा अनियमितता भएको आरोप लगाउँदै सम्पूर्ण निर्माण कार्य तत्काल बन्द गरी सत्यतथ्य छानबिन गर्न माग गरेको छ । साथै सम्पूर्ण जनसमुदायलाई आन्दोलनका कार्यक्रममा सहभागी हुन आह्वान समेत गरिएको छ ।–बिक्रम लाम्गादे,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्