ताप्लेजुङ/ मुक्कुम्लुङ् केवलकार खारेजि सम्बन्धि जिल्ला का बिभिन्न राजनीतिक दल हरुसंग छलफल तथा अन्तरक्रिया गरिएको छ । मुक्कुम्लुङ् ताङसेप चुम्भो र मुक्कुम्लुङ् अन्तरदलिय संरक्षरण संघर्ष समितीको आयोजनामा आज ताप्लेजुङको फुङलिङ बजार होटल स्नोलियोपर्ट राजनीतिक दल हरुसंग छलफल तथा अन्तरक्रिया गरिएको थियो । उक्त छलफल तथा अन्तरक्रिया जिल्ला का बिभिन्न १३ राजनितिक दलहरुले सहभागिता रहेको किरात याक्थुङ चुम्लुङ जिल्ला शाखाका सचिव सरोज कङलिवा बताउनु भयो । छल फल तथा अन्तरक्रिया कार्यक्रममा तेह्र राजनैतिक दलमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी,राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लिम्बुवान सङ्घीय मञ्च नेपाल, संघीय समाजवादी पार्टी नेपाल, श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी पार्टी, को सहभागिता उपस्थिति रहेको,र अन्य राजनीतिक दलहरूको सहभागिता भने नरहेको कङ्गलीबाले बताउनुभयो । सहभागिता रहेका राजनितिक दलहरुले छलफल तथा अन्तरक्रियामा मुक्कुम्लुङ् केवलकार खारेजि सम्बन्धि आ–आप्नो विचार परमर्श अनुसार गरिएको मुक्कुम्लुङ् ताङसेप चुम्भो र मुक्कुम्लुङ् अन्तरदलिय संरक्षरण संघर्ष समितीले जनाएको छ ।
मुक्कुम्लुङ् केवलकार खारेजि सम्बन्धि जिल्लाका बिभिन्न राजनीतिक दलहरुसँग छलफल,








