ताप्लेजुङको फुङ्लिङ बजारमा नेपाल नेत्र ज्योतिष सङ्घ ताप्लेजुङद्वारा आयोजित तीन दिने आँखा शिविरको पहिलो दिनमा २ सय २१ जनाले सेवा लिएको छ । नेपाल नेत्र ज्योति संघ ताप्लेजुङद्वारा फुङ्लिङमा तीन दिने आँखा स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । नेपाल नेत्रज्योति सङ्घ र डिचेन डोङला आँखा स्मारक उपचार केन्द्रको जानकारी अनुसार नौ महिला र १४ पुरुषको मोतिया बिन्दु तथा तीन महिला दुई पुरुषको आँखा शल्यक्रिया गरिएको जानकारी गराइएको छ । उक्त आयोजित तिनदिने आँखा स्वास्थ्य शिविर सञ्चालनमा फुङ्लिङ नगरपालिकाको १ सय २१जना, आठराई त्रिवेणी ८ जना, सिरिजङ्गा ५जना, सिदिङ्गवा ४ जना, फक्ताङलुङको २० जना, मिक्वा खोलाको १५ जना, मेरिङदेन र पाथिभरा याङ्वरक १४–१४ जना गरी, पाँचथरका ५ जनाले सेवा लिएको नेपाल नेत्रज्योति संघ डिचेन डोङला आँखास्मारक उपचार केन्द्रताप्लेजुङले जनाएको छ । नेपाल नेत्रज्योति सङ्घ, मेची आँखा अस्पतालको प्राविधिक सहयोग सेवा फाउन्डेसन काठमाडौँ र फुङ्लिङ नगरपालिकाको सहयोगमा उक्त आँखा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । यसभन्दा अघि दुई दिने आँखा शिविर सञ्चालन मेरिङ्गदेन गाउँपालिका र आठराई त्रिवेणी गाउँपालिकामा सञ्चालन गरिएको थियो । यसअघि नै आँखा स्वास्थ्य शिविरमा ५९ जनाले आँखाको सल्यक्रिया भएको मेरिङदेन गाउँपालिकाले जनाएको छ ।
ताप्लेजुङको तीन दिने आँखा शिविर सञ्चालनमा २ सय २१ जनाले सेवा लिए,








