समय : ०२:१४ pm | आइतबार , भाद्र २८ गते २०८३

मिक्वाखोला गाउँपालिका लिवाङस्थित शिक्षासेवी शेर्पा बिद्यालयबाट सम्मानित,

सेवालुङ खवर | वैशाख २० गते २०८३

ताप्लेजुङ,बैशाख १९ । लगातार तीनबर्षसम्म मिक्वाखोला गाउँपालिका वडा नं ३ लिवाङस्थित चिनावुङ आधारभूत बिद्यालयका बिद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्ने एक शिक्षासेवीलाई बिद्यालयले सम्मान गरेको छ । मिक्वाखोला गाउँपालिकाको स्वकीय सचिवालयमा कार्यरत घनेन्द्र थापाका अनुसार सम्मानित हुनेमा मिक्वाखोला गाउँपालिका वडा नं ५ घर भई हाल जर्मनीमा बसोबास गर्दै आउनु भएका लाक्पाछिरिङ लामा(चुम्बा) रहनु भएको छ । थापाका अनुसार लामाले चिनावुङ आविका बिद्यार्थीलाई लगातार तीनबर्षसम्म कापी,कलम,झोला,बिद्यालय पोशाक र जुत्ता प्रदान गर्नु भएको छ । लामालाई बिद्यालय व्यवस्थापन समिति अध्यक्ष भीरेन लिम्बू,प्रधानाध्यापक बलहादुर पाङ्वो र शिक्षक अभिभावक संघ अध्यक्ष मनकुमार लिम्बूले संयुक्त रुपमा सम्मानपत्र प्रदान गर्नु भएको छ । लामाले शनिवार सो बिद्यालयका बिद्यार्थीलाई शैक्षिक सामग्री समेत हस्तान्तरण गर्नु भएको थियो । -विक्रम लाम्गादे,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्