समय : १२:३७ pm | आइतबार , भाद्र २८ गते २०८३

मिक्वाखोला थलङमा प्रथम सहिद कप फुटबल प्रतियोगिता भोलीबाट सुरु,

सेवालुङ खवर | माघ १७ गते २०८२

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४, थलङमा प्रथम सहिद कप फुटबल प्रतियोगिता भोलीबाट सुरु हुने भएको छ । पूर्वमाओवादीको भ्रातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) पालिका कमिटीको आयोजनामा सहिद दिवसको अवसरमा आजबाट प्रतियोगिता सुरु गर्ने भनिएता पनि नेपाली कम्युनिष्ट पार्टीको एकता सभाका कारण समय अभाबका कारण भोलीबाट मात्र खेल सुरु हुने भएको हो ।अन्तरपालिकास्तरीय फुटबल प्रतियोगीताको विजेताले १ लाख ५१ हजार र उपविजेताले १ लाख १ सय ११ रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा जिल्लाका ८ वटा पालिकाको सहभागिता रहने खेल संयोजक रणध्वज थलङले जानकारी दिए ।१० वर्षे ’जनयुद्ध’का क्रममा ताप्लेजुङका पहिलो सहिद नरेन्द्र थलङ (सिडमान) र मिक्वाखोला गाउँपालिकाका सहिदहरूको स्मरण तथा खेलकुदको माध्यमद्वारा पालिकाको पर्यटन प्रवर्धन गर्न प्रतियोगिता सञ्चालन गरिएको संयोजक थलङले जानकारी दिए ।विक्रम लाम्गादे,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्