समय : १२:३४ am | सोमबार , भाद्र २८ गते २०८३

सुनसरीको कोशी गाउँपालिका–१मा गोलीकाण्ड :५बुँदे सहमति,

सेवालुङ खवर | पौष १९ गते २०८२

सशस्त्रको दाबी दोहोरो भीडन्त, स्थानीय भन्छन्– लेनदेन नमिल्दा हत्या,,सुनसरी, पुस १७। सुनसरीको कोशी गाउँपालिका– १मा बुधबार राति सशस्त्र प्रहरी बलले चलाएको गोली लागेर एक व्यक्तिको मृत्यु भएको छ । ४५ वर्षीय बिजय साह भारतीय सीमा नजिकबाट सामान लिएर फर्कँदै गर्दा सिटी सफारीमा सवार रहेकै अवस्थामा गोली लागेर गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ । साहको घर घटनास्थल नजिकै रहेको छ र उनी प्रायः भारतबाट सामान ल्याएर बिक्री गर्दै आएका थिए । उनले गाडीमा करिब ६– ७ बोरा चिनी, सर्फ, चक्लेट लगायतका सामग्री लिएर आउने क्रममा प्रहरीले गोली चलाएको स्थानीयले बताएका छन् । लेनदेनमा कुरा नमिल्दा प्रहरीले गोली हानेको हो । मागेजति रकम नदिँदा गोली प्रहार भयो । दोहोरो झडप भएको होइन, प्रहरीले दुई राउण्ड गोली हान्यो– स्थानीयले भने । तर, सशस्त्र प्रहरी बल, कोशी प्रदेशका (डीआईजी) कुमार न्यौपानेले घटनामा दोहोरो फायरिङ भएको दाबी गरेका छन् । उनले भने– सामान चोरी गरेर आएको अवस्थामा रोक्न खोज्दा गाडी रोकिएन । तस्करको समूहले फायर गरेको हो, त्यसपछि एपीएफले पनि फायरिङ गरेको थियो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता, प्रहरी उपरीक्षक चन्द्र खड्काले घटनास्थलबाट दुई राउण्ड गोलीको खोका फेला परेको र मृतकको शरीरमा दुई स्थानमा गोली लागेको देखिएको जानकारी दिए । घटनापछि आक्रोशित स्थानीयले पूर्व–पश्चिम महेन्द्र राजमार्ग, लौकही खण्ड अवरुद्ध गर्दै बिरोध प्रदर्शन गरेका थिए । यसैबीच गोली लागेर भएको मृत्यु पश्चात् उत्पन्न तनाव मत्थर पार्न प्रशासन र स्थानीय प्रतिनिधिबीच ५ बुँदे सहमति भएको छ । बिहीबार प्रमुख जिल्ला अधिकारी बाशुदेव घिमिरेको अध्यक्षतामा बसेको सर्वपक्षीय छलफलले छानबिन समिति गठन गर्नेदेखि मृतकका परिवारलाई राहत र रोजगारी उपलब्ध गराउनेसम्मका निर्णय गरेको छ । घटनाको सत्यतथ्य पत्ता लगाउन सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा, नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका अधिकृत प्रतिनिधि सदस्य रहने गरी एक छानबिन समिति गठन गरिएको छ । उक्त समितिले ७ दिनभित्र प्रतिवेदन पेश गर्नुपर्नेछ । यदि छानबिनबाट सुरक्षा अधिकारीको लापरवाहीका कारण मृत्यु भएको पाइएमा नियमानुसारको राहत एवम् क्षतिपूर्तिका लागि नेपाल सरकार गृह मन्त्रालयमा सिफारिस गरिने सहमति–पत्रमा उल्लेख छ । प्रशासनले मृतक बिजय साहकी श्रीमतीलाई रोजगारी उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारीले पहलकदमी तथा सहजीकरण गरिदिने प्रतिबद्धता जनाएको छ । साथै, मृतकका छोराले सशस्त्र ्रहरीमा भर्ना हुने इच्छा राखेमा उनलाई नियमानुसार आवश्यक सहयोग र सहजीकरण सशस्त्र प्रहरी बल नं. १ बराह बाहिनीले गरिदिने पनि सहमति भएको छ । छलफलमा भएको सहमतिसँगै स्थानीय बासिन्दा मृतकको शव पोस्टमार्टमका लागि नेपाल प्रहरीलाई हस्तान्तरण गर्न र त्यसपश्चात् दाहसंस्कार गर्न तयार भएका छन् । पूर्वा अञ्चल दैनिक,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्