समय : ०२:४० pm | आइतबार , भाद्र २८ गते २०८३

नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घा जाने बाटोको झोलुङ्गे पुल बाढीले बगायो,

सेवालुङ खवर | असार ३१ गते २०८२

ताप्लेजुङ् / नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घा जाने बाटोको झोलुङ्गे पुल बाढीले बगाएको छ । विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घा साउथ बेसक्याम्प जाने पदमार्गमा पर्ने सिम्बुवा खोलाको पुल बाढीले बगाएको हो । तोरोङदिन स्थानमा रहेको पुल बाढीले बगाएको स्थानीय बासीले बताएको छ ।त्यस्तै पुल असार २८ गते रातिको बाढीले बगाएको स्थानीयलेहरुले बताएका छन् । पुल नहुँदा तत्कालका लागि कञ्चनजङ्घा साउथ बेसक्याम्प हिमाल जान पूर्ण रूपमा बन्द भएको छ । याम्फुदिनबाट नयाँ झोरेनी, झण्डे डाँडा, दुन्दु डाँडा, तोरोङदिन हुँदै कञ्चनजङ्घा आधार शिविर पुग्ने गरीन्छ । यो मार्ग हुदैं भदौ,देखि मङ्सिर,सम्म आन्तरीक तथा बाह¥य पर्यटक ट्रेकिङ जाने गरेको पाईन्छ । उक्त पुल तत्कालीन जिल्ला विकास समिति अन्तर्गत रहेको दुर्गम विकास समितिले बनाएको थियो । यस्तै औली क्षेत्रमा पानीको अभाव भईरहँदा हिमाली क्षेत्रमा बाढी आउने र क्षति गर्ने क्रम तीव्र भएको छ ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्