समय : ०१:३९ pm | शनिबार , भाद्र २७ गते २०८३

पाथीभरा क्षेत्र विकास समितिद्धारा पर्यटनमैत्री वातावरण निर्माणका लागि मार्ग निर्देश,

सेवालुङ खवर | असार २३ गते २०८२

ताप्लेजुङ / ताप्लेजुङको पाथीभरा मन्दिर दर्शन गर्ने तीर्थयात्रीहरूको लागी खाना, आवास सुरक्षित र व्यवस्थित बनाउन जिल्ला स्थित होटल व्यवसायि, विभिन्न सरोकारवाला निकाय बीच पाथीभरा क्षेत्र विकास समितिले गहन छलफल गरेको छ । पाथीभरा क्षेत्र विकास समितिको सहयोगमा र हिमालयन सामाजिक परामर्श केन्द्रको आयोजनामा सम्पन्न उक्त छलफलले पाथीभरामा धार्मिक पर्यटन प्रवद्र्धनसँगै यहाँ आउने भक्तजनको खाना, आवासलाई थप व्यवस्थित गर्ने, होटलमा देखिएका समस्यालाई समाधान गर्ने र पर्यटनमैत्री वातावरण निर्माणका लागि मार्ग निर्देश गरेको हो । कार्यक्रममा सहभागी जिल्ला समन्वय समितिका उपप्रमुख कृष्णप्रसाद लिङ्खीम,पाथीभरा क्षेत्र विकास समितिका सदस्यहरु पृथ्वीमान पालुंवा,चेतराज घिमिरे,कार्यकारी निर्देशक प्रजिन हाङबाङ, जिल्ला स्थित होटल व्यवसायि लगायतले आ–आफ्ना तर्फबाट वर्तमान समस्या, सम्भावना र समाधान उपायहरू प्रस्तुत गरेका । यसैका आधारमा आगामी दिनमा कार्ययोजना सहित कार्यान्वयनका लागि पहल गरिने पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिनु भयो ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्