समय : १२:४४ am | शनिबार , वैशाख ४ गते २०८३

पाथीभरा सुनचाँदी तथा कला व्यवसायी संघद्धारा ताप्लेजुङमा बिरोध,

सेवालुङ खवर | असार २३ गते २०८२

ताप्लेजुङ/ सुन तथा सुनका गरगहनामा लगाइएको विलासिता कर र हिरालगायत बहुमूल्य पत्थरमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) को प्रति पाथीभरा सुनचाँदी तथा कला व्यवसायी संघ ताप्लेजुङले पनि बिरोध प्रर्दशन गरेको छ । सोमबार केन्द्रीय निर्देशन अनुसार बिरोध प्रर्दशन गरिएको हो । बिरोध प्रर्दशन फुङ्लिङ बजार परिक्रमा गर्दै बिरेन्द्र चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।कोणसभालाई सम्बोधन गर्दै पाथीभरा सुनचाँदी कला व्यवसायी संघ ताप्लेजुङका अध्यक्ष गंगाराम शंखरले सरकाले लगाएको उक्त करले व्यवसायी मात्र नभई आम उपभोक्ता प्रत्यक्ष मारमा परेको बताउनुभयो । नागरिकको मर्म र भावना बिपरित लगाइएको कर सरकारले तुरुन्त फिर्ता लिनुपर्ने अध्यक्ष शंखरको भनाई छ । साथै उहाँले सरकारले आफूहरुको मागलाई बेवास्ता गरे सरकारले ठूलो मूल्य चुकाउनुपर्ने शंखरले चेतावनी समेत दिनुभएको हो । आफू्हरुको मागलाई सरकारले संबोधन गर्न तागरुकता नदेखाएको उल्लेख गर्दै अध्यक्ष शंखरले अब काठमाण्डौँ केन्द्रित भएर आन्दोेलनलाई थप सशक्त बनाउने उहाँको भनाई छ ।सरकारले आर्थिक वर्ष २०८२÷८३ को बजेटमार्फत सुन तथा सुनका गरगहनामा २ प्रतिशत विलासिता कर र हिरालगायत बहुमूल्य पत्थरमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर ९भ्याट० लगाउने निर्णय गरेसँगै देशैभरका गहना व्यवसायी सडकमा उत्रिएका छन् । बजेट भाषणलगत्तै विरोध जनाएका उनीहरू संघर्ष समिति बनाएर बिरोधका र प्रदर्शनका कार्यक्रम गर्दै आएका छन् । सुनचाँदी व्यवसायीहरूको आन्दोलनका कारण देशभर सुनचाँदीको कारोबार समेत रोकिएको छ । नेपाली बजारका लागि सुनचाँदीको मूल्य तोक्ने अधिकार नेपाल सुनचाँदी व्यवसायी महासङ्घसँग छ । मूल्य सार्वजनिक नै नभएपछि कारोबार ठप्प रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घले संयुक्त रूपमा आउँदो शुक्रबार अर्थात् २७ गतेसम्मका लागि विरोधका कार्यक्रम घोषणा गरेका छन् । विक्रम लाम्गादे,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्