ताप्लेजुङ/ मालपोत कार्यालय ताप्लेजुङको राजश्व संकलन वृद्धि भएको छ । गत वर्षको तुलनामा चालु आर्थिक वर्ष ८१÷८२ को महिनामा राजश्व संकलन बृद्धि भएको हो ।चालु आर्थिक वर्षको साउन देखि वैशाख मसान्तसम्ममा दुई करोड ६८ लाख २८ हजार (१३ रुपियाँ राजश्व संकलन भएको मालपोत कार्यालय ताप्लेजुङका कार्यालय प्रमुख निर्मल शेर्पाले बताउनुभयो । गत आर्थिक वर्ष २)८)/८१ को साउनदेखि वैशाखसम्ममा दुई करोड २२ लाख ४२ हजार ७२६ रुपियाँ मात्र राजश्व संकलन भएको कार्यालय प्रमुख शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार गत आर्थिक वर्षको तुलनामा चालु आवमा ४५ लाख ८६ हजार १८७ रुपियाँ बढी राजश्व संकलन भएको छ । गत आवमा रजिष्ट्रेसन, न्यायीक, जग्गा रोक्का र प्रतिलिपि प्रदानमार्फत एक करोड ६१ लाख (२ हजार ५६४ रुपियाँ र पुँजीगत लाभकरतर्फ एक करोड १७ लाख १५ हजार ८)७ गरि कुल दुई करोड ७( लाख आठ हजार ३७१ रुपियाँ राजश्व संकलन भएको कार्यालयले जनाएको छ । चालु आवमा रजिष्ट्रेसन, न्यायीक, जग्गा रोक्का र प्रतिलिपि प्रदानमार्फत एक करोड ४४ लाख २१ हजार २७४ रुपियाँ र पुँजीगततर्फ एक करोड २४ लाख सात हजार ६३( रुपियाँ गरि कुल दूई करोड ६८ लाख २८ हजार (१३ रुपियाँ राजश्व संकलन भएको प्रमुख शेर्पाको भनाइ छ । केही वर्षअघि देखि जिल्लामा जग्गाको कारोबार बढ्दो क्रममा रहेकाले राजश्व संकलन पनि बढ्दो क्रममा रहेको छ । हाल जिल्लामा दर्जनौँ जलविद्युत् आयोजनाहरु निर्माणधीन अवस्थामा रहेकाले जग्गा किनबेचको कार्य समेत बढेको कार्यालयका सूचना अधिकारी खड्क गुरुङले बताउनुभयो । उहाँका अनुसार पुँजीगत अर्थात सङ्घअन्तर्गत सङ्कलित राजस्व रकम सङ्घीय सरकारको खातामा जम्मा हुनेछ । प्रदेशअन्तर्गत सङ्कलन भएको राजस्व रकममध्ये ४) प्रतिशत प्रदेश सरकार र ६) प्रतिशत स्थानीय सरकारको खातामा जम्मा हुने गुरुङले जानकारी दिनुभयो ।चालु आर्थिक वर्षको जेठ र असारमा समेत जग्गाको कारोबार अत्याधिक रुपमा हुने भएकाले राजश्व संकलन थप बढ्ने कार्यालयको भनाइ छ । निर्माणधीन जलविद्युत आयोजनाहरु स्थानीयको जग्गा खरिदको प्रक्रियामा रहेकाले अझै बढीमात्रामा राजश्व संकलन हुने कार्यालयले जनाएको छ ।साभार रेडियो तमोर,
मालपोत कार्यालय ताप्लेजुङको राजश्व संकलन वृद्धि





