ताप्लेजुङ/,ताप्लेजुङमा पवित्र तीर्थस्थल पाथीभरा (मुक्कुमलुङमा) जाने बाटो,पदमार्ग निर्माण कार्य भएको छ । फक्ताङ्लुङ गाउँपालिका–३ लिङखिम बाट पाथीभरा आउन–जान सहज गर्न व्यस्थापनको लागी पदमार्ग निर्माण गरिएको छ । ढुङ्गाको सोलिङ बाट उक्त पदमार्ग निर्माण गरिएको हो । २० लाख रुपियाँ विनीयोजन बजेट लागतमा पदमार्ग समितिको आन्तरिक स्रोत बजेट बाट विनियोजन भएको पनि पाथीभरा क्षेत्र विकास समितीका, कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले बताएका छन् । लिङ्खिमबाट इच्छा तेम्बे, कान्छिथान, माईली थान हुँदै, रमितेको डाँडा सम्म एक हजार ६०० मिटर पदमार्ग निर्माण कार्य भएको छ । पापुङ, साँवा, खोक्लिङ तथा सावादिन, खेजेनिम, इखाबु, तापेथोक, लेलेप, ओलाङ्चुङगोला र लिङ्खिम बाट पाथीभरा दर्शनमा आउने भक्तजन तथा पदयात्रीहरुलाई सहज ब्यस्थापन हुने भएको पाथीभरा क्षेत्र विकास समितीले जानकारी गराएको छ । पदमार्ग निर्माण गरिए सगै उत्त क्षेत्र गुराँसे वनरहित सुन्दर मनोरम र आकर्षक ठाँउको बनावट भएकाले गर्दा दर्शनगर्न आउने भत्तजन तथा पद यात्रुलाई पदयात्रा गर्न पनि आनन्द हुने सो स्थानका स्थानीयहरु बताउछन् ।









