समय : ०२:५८ pm | आइतबार , भाद्र २८ गते २०८३

मिक्वाखोला गाउँपालिका–३, लिवाङमा पाँचौं मुन्धुङ्गे कप २०८१ माघ १४ गतेदेखि आयोजना हुने,

सेवालुङ खवर | पौष २६ गते २०८१

२६ पुस, ताप्लेजुङ /ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–३, लिवाङमा यही माघ १४ गतेदेखि पाँचौं मुन्धुङ्गे कप २०८१ आयोजना हुने भएको छ । मुन्धुङ्गे संरक्षण तथा हाटबजार व्यवस्थापन विकास मञ्चको आयोजनामा अन्तरवडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुनेभएको हो । भलिबल प्रतियोगिता सँगै डोरी तान्ने र छेलो हान्ने प्रतियोगितासमेत सञ्चालन हुने आयोजकले बताएको छ । यस्तै माघ १७ गते विविध सांस्कृतिक कार्यक्रमसहित प्रतियोगितात्मक नृत्य पनि आयोजना गरिने आयोजकका अध्यक्ष भिरेन लिम्बूले जानकारी दिनुभयो । माघ १५ गतेदेखि हुने भलिबल प्रतियोगिताको प्रथम पुरस्कार तीन वर्षे रनिङ कप, मेडल र प्रमाणपत्र सहित नगद १ लाख ३१ हजार रुपैयाँ रहेको छ भने द्धित्तिय पुरस्कार कप, मेडल, प्रमाणपत्रसहित नगद ८१ हजार रुपैँया रहेको छ । यस्तै तृतिय हुने टिमलाई मेडल, प्रमाणपत्र सहित नगद ३१ हजार रुपैयाँ प्रदान गरिने खेल संयोजक राजन कार्कीले जानकारी दिनुभयो । प्रतियोगिताका लागि इन्ट्रि शुल्क ६ हजार रुपैयाँ तोकिएको छ भने इन्ट्रि माघ १४ गते बेलुका ५ बजेसम्म खुला रहनेछ । माघ १७ गते भने विविध सांस्कृतिक कार्यक्रमसहित प्रतियोगितात्मक नृत्य पनि आयोजना गरिने आयोजकका सचिव सुवास लिम्बुले बताउनुभयो । खेलकुदको विकास सँगै पर्यटन प्रर्वद्धन गर्ने उद्धेश्यले आयोजित प्रतियोगिताका लागि आवश्यक तयारी भईरहेको आयोजकले जनाएको छ ।साभार सन्तोष पुर्कुटी,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्