समय : ०७:०० pm | आइतबार , भाद्र २८ गते २०८३

अनिश्चितकालीन यातायात बन्द स्थगन मुक्कुमलुङ संरक्षणको आन्दोलन भने यथावत,

सेवालुङ खवर | पौष २३ गते २०८१

पौष२२/ मुक्कुमलुङ संरक्षण तथा केवलकार निर्माण खारेजी आन्दोलनको क्रममा पक्राउ परेकाहरुको रिहाई गर्न आन्दोलन गरिएको अनिश्चितकालीन यातायात बन्द स्थगन गरेको छ । पौष १७ गते ताप्लेजुङमा पक्राउ गरिएका जनम इधिङगो, सन्जोग नुगो र सुशिल नुगोलाई आइतबार साँझ रिहाई गरेसँगै आन्दोलनरत संगठनहरुले यातायात बन्द स्थगन भएको विज्ञप्ति मार्फत जनाइएको छ ।बन्दलाई सफल पार्न सहयोग पु¥याउनु हुने यातायात व्यवसायी, मजदुर तथा व्यापरव्यवसायी लगायत आम जनसमुदायलाई बन्द कर्ताहरुले धन्यवाद व्यक्त गरेका छन् ।यातायात स्थगन भएतापनि मुक्कुम्लुङ संरक्षणको आन्दोलनभने यथावत रहेको आन्दोलनरत संघ संस्थाहरुले विज्ञप्ति मार्फत जनाएका छन् । पक्राउ गरिएकाहरुमालाई प्रहरी प्रशासन र भिजिलान्तेहरुले हदैसम्मको कुटपिट, हातपात र शारीरिक यातना दिएको प्रति निन्दा गर्दै शारीरिक यातना तथा कुटपिट गर्ने प्रहरी प्रशासन तथा भिजीलान्ते हरुलाई कानुनी कारवाही नगरेमा थप आन्दोलन शसक्त पार्ने बताइएको छ ।मुक्कुमलुङ क्षेत्र नाम्जाङगे तल्लो फेदिमा मानिस काटी आतङक फैलाउने भिजिलान्ते हरुलाई कारवाही, मुक्कुमलुङमा सैनिकीकरण रोक्न, प्रहरी तथा शसस्त्र प्रहरी फिर्ता गर्न र केवलकार निर्माण खारेजी नगरेको अवस्थासम्म कडाभन्दा कडा आन्दोलन निरन्तर हुने मुक्कुमलुङ संरक्षणमा संलग्न संघ संगठनहरुले जनाएको छ ।मुक्कुमलुङ संरक्षणको लागि प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समिति, यसमा आबद्ध ४२ घटकहरु, मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समिति, पाथीभरा केवलकार खारेजी संयुक्त संघर्ष समिति, मुक्कुमलुङ ताःङसेपा फाःसिङ चुम्भो, प्रदेश नं. १ पुन नामाङकन अभियान समिति, लिम्बु थरगत संस्था याक्थुङ सयङ सहजीकरण समुह र किरात धर्म तथा साहित्य उत्थान संघ लगायत संगठनहरुले संयुक्त विज्ञप्ति जारी गर्दै यो बताएका छन् । साभारः लिम्बूवान खबर डटकम बाट,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्