समय : ०२:५९ pm | आइतबार , भाद्र २८ गते २०८३

सिरिजंघा गाउँपालिका आम्बेगुदिन खाम्दिमेमा संघीय मेला आयोजना हुने,

सेवालुङ खवर | पौष १३ गते २०८१

ताप्लेजुङको सिरिजंघा गाउँपालिका आम्बेगुदिन खाम्दिमेमा संघीय मेला आयोजना हुने भएको छ । आयोजकका भनाई अनुसार यही पुस १६ देखि १८ गतेसम्म ऐतिहासिक संघीय मेला आयोजना हुने भएको हो । मेलाको अवसरमा अन्तरपालिका वडास्तरीय पुरुष भलिबल प्रतियोगिता र सांगीतिक कार्यक्रम आयोजना हुने आयोजक संघीय खेलकुद तथा साँस्कृतिक युवा क्लबले जनाएको छ । भलिबल प्रतियोगिता तर्फ विजेतालाई ८१ हजार र उपविजेतालाई ४१ हजार रुपियाँ नगद पुरस्कार साथै ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिने छ । तृतीयलाई १५ हजार रुपियाँ, सान्तवना पुरस्कार प्रदान गरिने छ । मेलामा सञ्चालन गरिने भलिबल प्रतियोगिता र सांगीतिक कार्यक्रम सम्पन्न गर्नलाई ११ लाख रुपियाँ बढी खर्च हुने अनुमान गरिएको आयोजकले बताएको छ । यस स्थानमा विगत १६ वर्ष देखि निरन्तर संघीय मेला लाग्दैै आइरहेको र ऐतिहासिक संघीय मेलाको सुरुवात भएको क्लबले जनाएको छ । स्थानीय उत्पादन, व्यापार प्रवर्धन, साथै खेलकुद क्षेत्रको विकास हुने उद्देश्यले संघीय मेला आयोजना गर्न सुरु गरिएको हो । राष्ट्रिय कलाकार प्रमोद खरेल, कुशल थलङ, दीपा सुहाङ, प्रितिका बेघा लगायतको सांगीतिक प्रस्तुतिसँगै प्रतियोगितात्मक साँस्कृतिक कार्यक्रमसमेत हुने र त्यस अनुसार साँस्कृतिक कार्यक्रममा विजेता भएकालाई प्रथम पुरष्कार आठ हजार, द्वितीय पाँच हजार र तृतीयलाई तीन हजार रुपियाँ नगद पुरस्कार प्रदान गरिने क्लबका सचिव जलन माङ्मु लिम्बूले बतएका छन् ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्