समय : ०६:३० pm | आइतबार , भाद्र २८ गते २०८३

ताप्लेजुङमा फुरुम्बो पालुङ्वाहरुको वंश प्रतिष्ठान १९ बुद्दे सङ्कल्प प्रस्ताव,

सेवालुङ खवर | पौष १ गते २०८१

ताप्लेजुङ/ताप्लेजुङको फुङलिङ अवस्थित पत्रकार माहासंघको कार्यालयमा सार्वजानिक गर्दै फुरुम्बो पालुङ्वा वंश प्रतिष्ठान १९ बुद्दे सङ्कल्प प्रस्ताव पारित गरेको छ । फुरुम्बो पालुङ्वा वंश प्रतिष्ठान दोस्रो अधिवेशनको निर्णय ताप्लेजुङको फुङलिङ् सार्वजानिक भवन सिटहलमा २०८१ मंशिर २९ गते सार्वजनिक गर्दै १९ बुद्दे सङ्कल्प सम्मेलन बाट पारित गरेको हो । संकल्प प्रस्ताबमा फुरुम्बो पालुङ्वा बंशका युवायुवतीहरु मत मदिरा तथा अन्य कुसंगत कार्यलाई छोडाउदै लाने काममा लागी पर्ने सफा स्वच्छ फुरुम्बो पालुङ्वा वंश निर्माणका लागी सक्रिय रहने बताएको छ ।उक्त्त वंशलाई सभ्य,चेतन शील,बनाउन फुरुम्बो पालुङवा हरुलाई प्रतिष्ठानले गोलबद्ध गर्न उल्लेख गराएको छ ।समाजलाई विकृति र विसङ्गति बाट टाढा रहन पनी यस वंशलाई १९ बुद्दे सङ्कल्पमा उल्लेख गराएको हो । शान्ति,न्याय,प्रेम र समानता,अग्रसर गराएका छन् । त्यसैले सम्पूर्ण फुरुम्बो पालुङ्वा हरुद्वारा सुरु गरिने पनी उल्लेख गराएका छन् । फुरुम्बो पालुङ्वाको बंश र संस्कृतिलाई समेटेर केन्द्रीय सांस्कृतिक मन्च निर्माणको लागि फुरुम्बो पालुवाहरु एकजुट गराएका छन् । फुरुम्बो पालुङ्वा वंशभित्र एकतामा रहन अवश्यकता रहेको समेत उल्लेखमा फुरुम्बो पालुङ्वा वंशले जानकरी गराएका छन् ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्