समय : ०२:५९ pm | आइतबार , भाद्र २८ गते २०८३

आत्मानन्द गोल्ड कपमा आज दमक भाङबारी र तिजोक पाँचथर भिड्दै

सेवालुङ खवर | मंसिर १४ गते २०८१

इलाम / शुक्रबार, मङि्सर १४, २०८१ माङसेबुङ । इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा जारि आत्मानन्द गोल्ड कप २०८१ अन्तरराष्ट्रिय फुटबल प्रतियोगितामा आज दमक भाङबारी स्पोर्टिङ युथ क्लव, झापा र तिजोक युवा क्लव, पाँचथरबिच प्रतिस्पर्धा हुदैंछ ।माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज शुक्रबार हुने दोस्रो सेमिफाइनल खेलमा दमक भाङबारी र तिजोक पाँचथर प्रतिस्पर्धा गर्न लागेको हो । खेल दिउँसो २ वजे सुरु हुनेछ ।यसअघि हिजो बिहिबार भएको पहिलो सेमिफाइनल खेलमा पाहुना टोली सिरीजङगा स्पोर्टिङ क्लब, मोरङबिरुद्ध २–० को रोमाञ्चक जित निकाल्दै दुधे झापा फाइनलमा प्रवेश गरेको छ ।दुधे भापाको जितमा राजेश दाहाल र प्रदिप बुढाथोकीले समान एक गोल गरे । पहिलो हाफ गोल रहित बराबरी खेलेको खेलमा दुधेको दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।खेलको ४३ औं मिनेटमा दुधे झापाले राजेश दाहालको गोलमा अग्रता बनाए । त्यसपछि खेलको ५७औं मिनेटमा प्रदिप बुढाथोकीले गोल गर्दै २–० को जित दिलाए ।खेलको मेन अफ दी म्याच दुधे झापाका निकेश श्रेष्ठ घोषित भए । उनले ट्रफी, मेडल र नगद ५ हजार ७१ रुपैयाँ हात पारे ।मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७१औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवा महासमारोह २०८१ को अवसरमा महासमारोह समितिको आयोजनामा आत्मापवित्र खेलकुद समितिको मुख्य संयोजन र युथ अफ माङसेबुङको सह–संयोजनमा खेलको माध्यमबाट मनोरञ्जन र स्वास्थ्य जीवनका साथै किरात धर्मगुरुको शान्ति, एकता, मानवता र अहिंसाको सन्देश छर्न आयोजना गरिएको प्रतियोगिताको फाइनल खेल मंसिर १७ गते हुनेछ ।cpy:mangsebungnews.com

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्