समय : ०५:५६ pm | आइतबार , भाद्र २८ गते २०८३

ताप्लेजुङ सिरिजंघा २ का वेपत्ता गौरीमान पौडेल मृत भेटिए

सेवालुङ खवर | मंसिर ३ गते २०८१

ताप्लेजुङ । ताप्लेजुङको सिरिजंघा गाउँपालिका २ आम्बेगुदिनका ४३ बर्षिय गौरीमान पौडेल मृत भेटिएका छन । गत कात्तिक २७ गतेदेखि वेपत्ता भएका पौडेलको शव सिरिजंघा गाउँपालिका वडा नं १ काबेली खोला किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी विवेक बस्नेतले बताउनु भयो । स्थानीय सबिन्द्र बिष्टले खोला किनारमा पुरुषको शव फेला परेको भनी अस्थायी प्रहरी चौकी पञ्चमीलाई खबर गरे पछि तत्काल घटना स्थलमा प्रहरी पुगेको जनाइएकोछ । वेपत्ता पौडेलको खोजीकार्य भैईरहेको थियो । सुचना अधिकारी बस्नेतका अनुसार थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली घटनास्थलतर्फ जान तयारी भएको छ । साभार वेलकम खबर

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्