समय : ०५:२० pm | आइतबार , भाद्र २८ गते २०८३

निर्वाचन कार्यालय ताप्लेजुङले अन्तिम मतदाता नामावाली प्रकाशित

सेवालुङ खवर | कार्तिक २८ गते २०८१

ताप्लेजुङमा जिल्ला निर्वाचन कार्यालयले आउदो मंसिर १६ गते हुने उप निर्वाचनको लागि मतदाता नामावाली प्रकाशित गरेको छ । मंसिर १५ गते सम्मको अध्यावधि स्थानीय तह उपनिर्वाचनका लागि नामावली ताप्लेजुङ जिल्ला निर्वाचन कार्यालयले प्रकाशित गरेको हो । उप निर्वाचन हुने सिरिजंघा गाउँपालिका वडा ३ मा वडा अध्यक्षको लागि हुने निर्वाचनको लागि दुई वटा मतदान केन्द्रमा एक हजार ५२८ जना मतदाता रहेको छ । जसमा पुरुष ८ सय ८८ जना र महिला ६ सय ६४ जना रहेको छ । दुई वटा मतदान केन्द्र रहेको उक्त वडामा सरस्वती माध्यमिक विद्यालय कुञ्जारी केन्द्रमा एक हजार २६ जना र दुर्गा मावि ओसेमा ५सय २ जना मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले प्रकाशित गरेको अन्तिम नामावलीमा उल्लेख रहेको छ ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्