समय : ०२:५८ pm | आइतबार , भाद्र २८ गते २०८३

सिरिजङ्गा गाउँपालिकामा अन्तर्राष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकप हुने,

सेवालुङ खवर | कार्तिक २३ गते २०८१

तप्लेजुङ – तप्लेजुङको सिरिजङ्गा गाउँपालिकामा अन्तर्राष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकप तथा मेला आगामी मंसिर महिनामा आयोजना हुनेभएको छ । सिरिजङ्गा सिंह थेबेको स्मृतिमा खेलकुदसँगै स्थानीय सांस्कृतिक र धार्मिक सम्पदाको प्रवर्द्धन गर्ने खेलकुदसँगै स्थानीय सांस्कृतिक र धार्मिक सम्पदाको प्रवर्द्धन सगैं खेलकुदसँगै स्थानीय सांस्कृतिक र धार्मिक सम्पदाको प्रवर्द्धन गर्ने भएको हो । प्रतियोगिताको तेल्लोक स्पोर्टिङ क्लबले खेलकुदसँगै स्थानीय सांस्कृतिक र धार्मिक सम्पदाको प्रवर्द्धन गर्नेे यस गोल्डकपको चौथो संस्करणमा आठ टोलीको सहभागिता रहने छ । फुङ्लिङमा आयोजित पत्रकार सम्मेलन गर्दै आयोजकले नेपालका विभिन्न जिल्लाका टोलीसँगै भारतको पारिजातसंघ फुटबल क्लब, सिलगढीको सहभागिता रहनेछ। नगद पुरस्कार र विधागत सम्मान प्रतियोगितामा विजेता टोलीलाई २ लाख ५० हजार ५५५ रुपैयाँ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने उप विजेतालाई १ लाख २५ हजार ५५५ रुपैयाँ दिइनेछ। सर्वोत्कृष्टखेलाडी, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, र सर्वाधिक गोल कर्तालाई पनि विशेष पुरस्कार प्रदान गरिनेछ । सिरिजङ्गा गोल्डकप मेला गाउँपालिकाको खेलकुद स्थापित गर्नुका साथै धार्मिक,सांस्कृतिक, र पर्यटकीय सम्पदाको प्रचार–प्रसारमा योगदान पुग्ने विश्वास आयोजक ले जनाएको छ । विविध कार्यक्रम र स्थानीय उत्पादनको प्रवर्द्धन मेलामा स्थानीय कलाकारका सांस्कृतिक प्रस्तुति, जातीय भाषा र संस्कृतिमा आधारित गतिविधि, तथा स्थानीय उत्पादनको प्रदर्शनी समेतहुनेछ । करिब ३० लाख रुपैयाँको अनुमानित बजेट रहेको यो कार्यक्रम सफल बनाउन स्थानीय समुदाय, व्यवसायिक प्रतिष्ठान, रसरकारी तथा गैर,सरकारी संघ,संस्थाबाट आर्थिक सहयोगको आयोजकले अपेक्षागरेको छ । सिरिजङ्गा सिंह थेबेःजातीय अस्तित्वका रक्षक इतिहासकार इमानसिं चेम्जोङका अनुसार सिरिजङ्गा सिंह थेबेको जन्म सन् १७०४ मा ताप्लेजुङको याङरुपको सिनाममा भएको थियो । उहाँलाई जातीय अस्तित्वका रक्षक, समाज सुधारक, र किराती लिपिका पुनरुत्थानको रुपमा मानिन्छ । सिरिजङ्गाको योगदानलाई सम्मान गर्न नेपाल सरकारले हुलाक टिकटमा उहाँको तस्वीर समेत समावेश गरेको छ ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्