समय : ०५:२० pm | आइतबार , भाद्र २८ गते २०८३

ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा एक पुरुषको शव फेला

सेवालुङ खवर | कार्तिक १७ गते २०८१

ताप्लेजुङ – ताप्लेजुङमा एक पुरुषको शव फेला परेको छ । सिरिजङ्घा गाउँपालिका तेल्लोक सिबुदिनका अन्दाजी २९ बर्षीय बिबेक भण्डारीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख एवं प्रहरी नायव उपरिक्षक रवि रावलले जानकारी दिनुभएको छ ।उहाँका अनुसार भण्डारी गत कार्तिक १४ गते बिशेष कामले सोही गाउँपालिकाको ५ नं. वडा पेदाङ गएको र उनी घर नर्फकिएपछि परिवारले खोजतलासी गर्दा आज बिहान उनको शब पेदाङको याङपाङ खुदुर्का भिरमा फेला परेको हो । भण्डारीको शब सडकबाट करिब २०० मिटर तल भिरमा रहेको र थप अनुसन्धानका लागि घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक बिबेक बस्नेतको नेतृत्वमा प्रहरी टोली परिचान गरिएको प्रहरी नायव उपरिक्षक रवि रावलले जानकारी दिनुभयो ।साभार: रेडियो तमोर,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्