समय : ०५:२० pm | आइतबार , भाद्र २८ गते २०८३

ताप्लेजुङमा बेलुकी ९ बजे सम्म मात्र देउसी भैलो खेल्न पाइने

सेवालुङ खवर | कार्तिक १४ गते २०८१

ताप्लेजुङ, ताप्लेजुङमा बेलुकी ९ः०० बजे सम्म मात्र देउसी भैलो खेल्न पाइने भएको छ ।सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काले बुधवार अपरान्ह एक सार्वजनिक सूचना आवह्वान गर्दै उक्त समय भित्र अनुशासित र मर्यादित ढंगले देउसी भैलो लगायतका सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न गराउन आग्रह गर्नु भएको छ ।जिल्ला प्रशासन कार्यालयले यसअघि नै देउसी भैलो लगायतका सांस्कृतिक कार्यक्रम मर्यादित र अनुशासित बनाउन आग्रह गरिसकेको छ । प्रशासन कार्यालयले उल्लेखित कुराको बर्खिलाप हुनगरी कोहि कसैले गतिविधि गरे गराएमा कानुन अनुसार हुने अवगत गराइसकेको छ ।प्रशासन कार्यालयले कोहि कसैले कुनै अवाञ्छित गतिविधि गरे गराएमा नजिकैको सुरक्षा निकाय वा जिल्ला प्रहरी कार्यालय वा १००,०२४–४६०१९९ मा सम्पर्क गरी जानकारी गराउन समेत आग्रह गरेको छ ।साभार उज्यालो पोष्ट बाट

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्