ताप्लेजुङ,ताप्लेजुङको पाथिभरा बहुमुखी क्याम्पसको खेल मैदानमा आगामी कार्तिक ४ देखि ९ गते सम्म तेस्रो चन्द्र बहादुर नयोङहाङ स्मृति नकआउट फुटबल प्रतियोगिता कर्णसिङ सोनाम क्लबले आयोजना गर्ने भएको छ । विजया दशमी तथा दीपावलीको अवसर पारेर कर्णसिङ सोनाम क्लबले आयोजना गर्ने भएको हो । प्रति योगितामा सम्पूर्ण खेलप्रेमी र खेलाडीलाई सहभागिता भईदिन निमन्त्रणा गराएको छ ।उक्त खेल फिफाका प्रचलित नियम अनुसार सञ्चालन गरिने छ । प्रतिया ेगितामा सहभागी खेलाडीले जर्सी र बुट अनिवार्य रूपमा लगाउनु पर्नेछ । एकटोलीमा ७ खेलाडी र ३ अतिरिक्त खेलाडी गरी १० जना सम्मिलित हुने छन् । व्यवस्था खेलाडी टिमले आफैं मिलाउनु पर्नेछ । घाइते भएमा उपचारको जिम्मेवारी सम्बन्धित क्लबको हुने छ । ।प्रतियोगितामा विजेताले रु ८१,१११ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उप विजेताले रु ४१,१११ नगद, ट्रफी,मेडल र प्रमाणपत्र पाउनेछन् । उद्घाटन कार्यक्रम कार्तिक ४ गते बिहान ११ बजे हुनेछ ।
तेस्रो चन्द्रबहादुर नयोङहाङ स्मृति नकआउट फुटबल प्रतियोगिता हुने,








