समय : १०:०० pm | शुक्रबार , वैशाख ४ गते २०८३

एक सातामै सुनको मूल्यमा नयाँ रेकर्ड

सेवालुङ खवर | असाेज १८ गते २०८१

१८ असोज, काठमाडौं । एक सातामै सुनको मूल्यमा रेकर्ड ब्रेक भएको छ । आज शुक्रबार सुनको भाउ हालसम्मकै उच्च भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन प्रतितोला १ लाख ६१ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको छ । यसअघि उच्च मूल्य रेकर्ड गत शुक्रबार १ लाख ६१ हजार २ सय रुपैयाँको थियो।अघिल्लो दिनको तुलनामा भने आज प्रतितोला ४ सय रुपैयाँले सुन महँगिएको हो । अघिल्लो दिन १ लाख ६० हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । चाँदी पनि तोलामा ३० रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलाको १९५० मा कारोबार भएको चाँदी यस दिन १९८० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।साभार:-अनलाईन खबर,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्