समय : ०१:२५ pm | आइतबार , भाद्र २८ गते २०८३

ताप्लेजुङमा हरेक शुक्रवार बन्द हुँदै आएको फुङलिङ बजार यो साताबाट खुल्ने,

सेवालुङ खवर | असाेज ३ गते २०८१

ताप्लेजुङमा हरेक शुक्रवार बन्द हुँदै आएको फुङलिङ बजार यो साताबाट खुल्ने भएको छ । सिजन लागेसगैं र दशैं तिहार चाडपर्वलाई लक्षित गरी असोज ४ गतेबाट कात्तिक १६ गते शुक्रवार सम्म खुलारहने उद्योग वाणिज्य सङ्घ ताप्लेजुङले जनाएको छ । चाड पर्वमा सामान खरिदका लागि धााउनु पर्ने हुन्छ र एक दिनको बन्दले पनि असर पर्ने भएकोले गर्दा साताको बन्द खुला गरिएको वाणिज्य सङ्घले जनएको छ । चाड पर्व सकिए लगतै फेरी साताको एक दिन शुक्रवार बजार बन्द रहने छ । वाणिज्य सङ्घले ग्राहकहरुले देख्नेगरी मूल्य, सूची राख्न,म्याद गुज्रिएका सामानको बिक्री बितरण नगर्न,र कृतिम अभाव सृजना नगर्न, अवैध बस्तुहरू बिक्री बितरण नगर्न पनि वाणिज्य सङ्घले फुङलिङ बजारका व्यापारीहरूलाई अपिल पनी गरेको छ ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्