ताप्लेजुङ, असोज ३१ गते ताप्लेजुङमा खसी बोकाको मूल्य आकासिएको छ । चाडपर्वको मौका पारेर स्थानीय विक्रेताले खसीबोकाको मूल्य बढाएका हुन् । प्रतिकिलो एक हजार रुपियाँभन्दा माथि सम्म मूल्य पर्ने गरी विक्रेताले खसीबोकाको मोलमोलाइ गर्ने गरेका छन् । दसैँ मित्रिएसँगै सदरमुकाम फुङलिङ बजारमा खसीबोका महँगिएको हो । फुङलिङ स्थिततोक्मे डाँडामा लाग्ने शनिबारे हाटमा महँगो मूल्यमा खसी बोकाको खरिद बिक्री भएको छ । दसैँको मौका पारेर व्यापारीले खसीबोकाको मूल्य महँगो कायम गरेका उपभोक्ताले बताएका छन् । दसैँका लागि मासु र पूजामा बलि चढाउनलाई उपभोक्ताले हाट बजारमा खसी बोका खरिद गर्छन् । यता व्यापारी तथा पशुपालक किसानले पनि चाडपर्वका समयमा बिक्री गर्न समस्या नहुने र राम्रो मूल्य पाइने भन्दै गाउँका किसान तथा व्यवसायीले हाटमा पुन्यापर खसी बोका बिक्री गर्ने गरेका छन् । परम्परा जस्तै बनेको हाट बजारमा खसी बोका खरिद बिक्री गर्ने कार्य कायम रहेको र विगतको तुलनामा यो वर्ष मुल्य नगएको उपभोक्ताको भनाइ छ ।–चन्द्र पन्दाक,
चाडपर्वको अवसर सगैं ताप्लेजुङमा खसीबोकाको मूल्य आकासियो








