समय : ०२:२८ pm | बिहिबार , कार्तिक १३ गते २०८३

ताप्लेजुङको फुङ्लिङ बजारमा मासु माछा पसलको अनुगमन

सेवालुङ खवर | असाेज २६ गते २०८३

ताप्लेजुङ, असोज २६ गते । दसैँ सुरु भएसँगै ताप्लेजुङमा मासु र माछा पसलको अनुगमन गरिएको छ । जिल्लास्थित संयुक्त बजार अनुगमन समितिले सदरमुकाम फुङ्लिङमा मासु माछा पसलको अनुगमन गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईको नेतृत्वमा फुङ्लिङ बजारका मासु माछा पसलहरु अनुगमन गरिएको हो । अनुगमनका क्रममा केही मापदण्ड विपरीत रहेको मासु माछा पसललाई तत्काल सुधार र व्यवस्थित गर्न सुझाव दिइएको सहायक प्रजिअ भट्टराईले जानकारी दिनुभयो । स्वच्छ र गुणस्तरीय खाद्यवस्तु अर्थात मासु माछा उपभोक्ताले उपभोग गर्न पाउन भन्ने उद्देश्यसहित अनुगमन गरिएको पनि सहायक प्रजिअ भट्टराईले बताउनुभयो । केही खुला ठाउँमा राखेर मासु माछा बिक्री गर्ने गरिएको र मासु माछासँगै अन्य सामानहरु पनि राखेर बिक्री गर्ने गरेको पाइएको उहाँले बताउनुभयो ।त्यस्ता मापदण्ड विपरीतका मासु माछा पसललाई तत्काल व्यवस्थित गर्न सचेत गराउँदै सुधार र व्यवस्थित नगरेमा कारबाही हुने चेतावनी अनुगमन समितिले दिएको छ । यता केही पसलमा बिक्री गर्न राखिएको माछाको सामान्य परीक्षणसमेत गरिएको उपभोग गर्न लायक नै भेटिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र ताप्लेजुङका प्रमुख डा. रोशन दाहालले जानकारी दिनुभयो ।घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी नवीन भट्टराईका अनुसार फुङ्लिङ बजारका दर्जन बढी मासु माछा पसलको अनुगमन गरिएको छ । जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको संयोजनमा गरिएको संयुक्त बजार अनुगमनमा फुङ्लिङ नगरपालिकासमेत सम्मिलित रहेको थियो ।–चन्द्र पन्दाक,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्