ताप्लेजुङ,ताप्लेजुङको पवित्र धार्मीक तीर्थस्थल पाथीभरामा चालु आर्थिक वर्ष साउन र भादौ दुई महिनामा १८ लाख भन्दा बढी सङ्कलन भेटी संकलन भएको छ । गत साउन महिनामा भन्दा धेरै भेटी संकलन भएको र तीर्थयात्रु आगमन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । साउन महिनामा भने भेटी ६ लाख ९१ हजार रकम सङ्कलन भएको थियो । भाद्र महिनामा ११ लाख, ३५ हजार, पाँच सय,५५रुपैयाँ, जम्मा भएको थियो । करीव दुई महिनामा कुल,१८,लाख २६ हजार,५सय,५५रुपैयाँ भेटी रकम संकलन भएको थियो । साउन महिनामा तीर्थयात्री दर्शनका लागि १९५५ जना दर्शनका लागि मन्दिर आएका थिए । भादौ महिनामा तीर्थ यात्रीको सङ्ख्या ९ हजार ९३९ पुगेका पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । जम्मा दुई महिनामा कुल,११ हजार ८,सय ९४ जना तीर्थयात्री दर्शनका लागि मन्दिर पुगेका थिए ।
ताप्लेजुङको तीर्थस्थल पाथीभरामा १८ लाख भन्दा बढी भेटी संकलन,








