ताप्लेजुङ,ताप्लेजुङ्को फक्ताङलुङ गाउँपालिकमा तमोर कोरिडोरको वाटो खन्ने स्काइ भेटर बां.प्र.०१–००३ क ८२६३ प्रयोग भईरहेको सिंवा वजार नजिक फेसेवा भित्ता खण्डमा पहिरो भत्किएर मेशिनको अधाभाग पुरिएको छ । कोरिडोरको वाटो खन्ने प्रयोगमा आएको स्काइ भेटर खेल मैदान खन्नेक्रममा विहान १०ः३० वजे पहिरो भत्किएर मेशिनको अधाभाग पुरिएर क्षती भएको हो । उक्त भित्ता करिडोरको मेशिनले फेसेवा खण्डमो खनिरहेको बेलामा माथिबाट पहरो भत्किएर मेशिनको अधाभाग पुरेको र कठिन अवस्थामा रहेको मेशिन चालक रुपेश सार्की भने सकुशल रहेको ताप्लेजङ् जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


फोटो तस्विर:-सामाजिक संंजाल बाट








