समय : ११:४८ am | शनिबार , भाद्र २७ गते २०८३

७९।८८ अंकले घट्यो नेप्से, १९ अर्ब ७४ करोड रूपैयाँको कारोबार,

सेवालुङ खवर | भाद्र ९ गते २०८१

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक ७९।८८ अंकले घटेको छ । आइतबार २ दशमलव ६८ प्रतिशतले घटेर नेप्से २८९४।५७ विन्दुमा बन्द भएको छ । ५९ कम्पनीको मूल्य बढ्दा १८५ कम्पनीको मूल्य घटेको छ ।साताको पहिलो दिन २ लाख १८ हजार ५७८ पटक सेयर किनबेच हुँदा १९ अर्ब ७४ करोड ५ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ । आइतबार कुल ४ करोड २६ लाख ८६ हजार ८४० कित्ता सेयर किनबेच भए ।कुल १३ उपसमुहमध्ये लघुवित्त उपसमुह मात्रै बढ्यो । लघुवित्त उपसमुह ५८।४० अंकले बढ्यो । घट्ने उपसमुहहरुमा जीवन बिमा ३६९।४१ अंकले अघि रह्यो । निर्जीवन बिमा ३२८।९६, होटल तथा पर्यटन १७७।५० , विकास बैंक १४५।१७ र फाइनान्स १३९।३३ अंकले घट्यो । कारोबार रकमको आधारमा अपि पावर कम्पनी, हिमालयन रिइन्स्योरन्स, साइन रेसुंगा विकास बैंक अघि रहे । अपि पावर कम्पनीको ८४ करोड ६८ लाख रुपैयाँ सेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरन्सको ७३ करोड ४३ लाख रुपैयाँ र साइन रेसुंगा विकास बैंकको ५१ करोड ९६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।साभार कान्तिपूर अनलाईन बाट

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्