समय : ०१:३८ pm | शनिबार , भाद्र २७ गते २०८३

आज विश्व कविता दिवस मनाइँदै,

सेवालुङ खवर | चैत्र ७ गते २०८१

काठमाडौँ,/ चैत्र २०८१, शुक्रबार आज पाँच अन्तरराष्ट्रिय दिवस परेका छन् । संयुक्त राष्ट्रसङ्घले घोषणा गरेका यी दिवस विश्वका विभिन्न मुलुकमा आफ्नो संस्कृतिअनुसार यी दिवस मनाइँदै छन् ।आज हिमनदी, जातिवाद र जातीय भेदभावविरुद्ध सङ्घर्ष गरिरहेका जनतासँग ऐक्यबद्धता सप्ताहको प्रथम दिन, जातीय भेदभाव उन्मूलनको लागि अन्तरराष्ट्रिय दिवस अन्तरराष्ट्रिय वन दिवस, विश्व कविता दिवस अन्तरराष्ट्रिय नौरोज दिवस र विश्व डाउन सिन्ड्रोम दिवस परेका छन् ।संयुक्त राष्ट्रसङ्घका अनुसार दुई अर्बभन्दा बढी जनसङ्ख्या स्वच्छ पेयजलका निम्ति हिमनदीमा निर्भर रहेका छन् भने बाल्कन, ककेसस, इरान, मध्य एसियाली देशमा वसन्त ऋतुको आगमन वा नयाँ दिनको प्रारम्भका रुपमा नौरोज दिवस मनाइन्छ ।यो सांस्कृतिक पर्वले ती क्षेत्रका बहुसांस्कृतिक जाति र समुदायलाई एकताको सूत्रमा आबद्ध गर्दै आएको छ । डाउन सिन्ड्रोम एक मानव स्वास्थ्य समस्या हो । यसबाट विश्वका सबै क्षेत्र केहीहदसम्म प्रभावित छन् ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्