समय : ०२:१६ pm | आइतबार , भाद्र २८ गते २०८३

पाँचथरको फाल्गुनन्द गाउँपालिकामा जारी तेस्रो अध्यक्ष कप २०८२ सम्पन्न

सेवालुङ खवर | जेठ ३१ गते २०८२

पाँचथर/ जेठ २९ गतेविहिवार सम्पन्न भलिबल प्रति योगिताको फाइनल खेलमा उपाधि दावेदार मानेको वडा नम्बर ६ मेहेलबोटे विरुद्ध उत्कृष्ट प्रदर्शन गरेपछि फाक्तेपले उपाधि हात पारेको हो ।नेपाल पुलिस क्लबमा समेत खेल खेल्दै आएका कोशी प्रदेशका देवेन्द्र चेम्जोङले आफ्नो वडाबाट प्रतिनिधित्व गर्दै उत्कृष्ट प्रदर्शन गरेपछि ५ नम्बर वडा फाक्तेपले जीत हाँसिल गरेको हो । पहिलो सेटमा २५-२२ को जीत हाँसिल गरेको वडा नम्बर ५ ले दोस्रो सेटमा २५-१८ र तेस्रो सेटमा २५-१- को जीत हाँसिल गरेपछि च्याम्पियन बनेको हो । जीत हाँसिल गरेको वडा नम्बर ५ ले नगद एक लाख ११ हजार १११ रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको वडा नम्बर ६ मेहेल बोटेले ५५ हजार ५५५ रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्रसहित दोस्रो उपाधि हात पारेको छ । प्रतियोगिताको उत्कृष्ट लिबेरो विजयी टोलीका सौरव राई घोषित भएका छन् । उत्कृष्ट सरभर विजयी टिमकै सुमित लिम्बु घोषित भए । त्यस्तै, वेष्ट स्पाइकर च्याम्पियन टोलीका देवेन्द्र चेम्जोङ र वेष्ट प्लेयर देउमान लिम्बु घोषित भए । ७ नम्बर वडाको पिपलबोटेस्थित ज्योति माविको खेलमैदानमा जेठ २८ देखि संचालन भएको खेल २- गते सम्पन्न भएको खेल संयोजक दिपेश आङ्देम्बेले जानकारी दिए ।निश्चल चेम्जङ/

फोटो:  तस्विर युद्ध बोहोरा ,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्