समय : १२:०४ pm | मङ्गलबार , असार ३० गते २०८३

पाथीभरा याङवरकद्वारा ५२ करोड ८० लाखको बजेट पेश

सेवालुङ खवर | असार १३ गते २०८३

ताप्लेजुङ – ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले ५२ करोड ८० लाख ९९ हजार रुपियाँ बजेट सार्वजनिक गरेको छ । गाउँपालिका अध्यक्ष केशर सुब्बाको अनुमतिमा उपाध्यक्ष धनमाया गुरुङले गाउँसभाको २० औं बजेट अधिवेशन मार्फत उक्त बजेट प्रस्तुत गर्नुभएको हो ।उपाध्यक्ष गुरुङले प्रस्तुत गर्नुभएको बजेटमध्ये सङ्घीय समानीकरण अनुदानमा १० करोड १९ लाख, सङ्घीय सशर्त अनुदान चालु तर्फ १९ करोड ६२ लाख र सङ्घीय सशर्त अनुदान पुँजीगत तर्फ एक करोड ३ लाख रुपियाँ बजेट छुट्याइएको छ । यस्तै सङ्घीय विषेश अनुदान चालुतर्फ एक करोड ८० लाख, समपूरक अनुदान पुँजीगत तर्फ दुई करोड ५२ लाख रुपियाँ रहेको छ ।सङ्घीय राजश्व बाँडफाँडतर्फ ७ करोड २० लाख २ हजार रुपियाँ, प्रदेश समानीकरण अनुदान ९६ लाख १६ हजार प्रदेश सशर्त अनुदान चालुतर्फ ५१ लाख ६७ हजार, प्रदेश सशर्त अनुदान पूँजीगततर्फ ४२ लाख रुपियाँ, प्रदेश समपूरक अनुदान पूँजीगततर्फ एक करोड ६० लाख र प्रदेश राजश्व बाडँफाँडतर्फ ५६ लाख ५८ हजार ३८३ रुपियाँ रहेको छ ।त्यस्तै आन्तरिक स्रोततर्फ ३२ लाख, आन्तरिक श्रोत अ.ल्या.रकमतर्फ ५ करोड ७९ लाख ५५ हजार ६१७, घरजग्गा रजिष्ट्रेशन दस्तुरतर्फ २ लाख र विभिन्न रोयल्टीका लागि २५ लाख रुपियाँ बजेट प्रस्तुत गरिएको छ ।–रेडियो तमोर,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्