समय : ११:१४ am | बुधबार , जेठ २७ गते २०८३

मलेपले स्थानीय तहलाई भ्रष्टाचारको अखडाको रूपमा चित्रण गर्न खोजेको भन्दै अध्यक्ष पोमुखको आक्रोश,

सेवालुङ खवर | जेठ २६ गते २०८३

जेठ २६ गते । महालेखा परीक्षक ( मलेप ) ले स्थानीय तहलाई भ्रष्टाचारको अखडाको रूपमा चित्रण गर्न खोजेको भन्दै जिल्लाको आठराई त्रिवेणी गाउँपालिका अध्यक्ष दिपेन पोमुले आपत्ति जनाउनुभएको छ । मङ्गलबार महालेखा परीक्षकको कार्यालय काठमाडौद्वारा आयोजित जिल्लाका सरोकारवाला निकायसँग छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै पमुले ‘बेरुजु’ र ‘ मलेप ’को स्पष्ट शब्दमा जवाफ खोज्नुभयो। प्रतिवेदनका लागि काठमाडौँ बोलाइने प्रवृत्तिप्रति आक्रोश जनाउनुभयो । “मलेपले अन द स्पर्ट रिपोर्ट दिएर जानुपर्छ ,काठमाडौँ गएर रिपोर्ट गर्ने होइन,काठमाडौँ गएर बोलाउने होइन, यहाँको कर्मचारीलाई जिल्लामा आएर बोलाउने होइन ,अन द स्र्पट रिपोर्ट दिनुपर्यो १० दिन बस्नुहुन्छ ,१५ दिन बस्नुहुन्छ , झोला तुम्बी के के बोकेर आउने हा? मलेपाले तयारी भएर आउनुपर्यो ”अध्यक्ष पोमुले भन्नुभयो ।“मलेपको काम कुन पालिकाको बेरुजु धेरै टिपौँ ?” भन्ने खालको भएको उहाँको आरोप छ। दुईवटा टोली ताप्लेजुङ जिल्लाको सन्दर्भमा आउने र दुईटैले फरकफरक प्रतिवेदन लगेर जाने उहाँले बताउनुभयो । एउटै विषयमा एउटाले बेरुज लेख्ने र अर्कोले नलेख्ने कुराको जवाफ दिन मलेपका प्रतिनिधिहरूलाई अध्यक्ष पोमुले आग्रह गर्नुभयो।एउटै शीर्षकमा एक प्रतिवेदनमा बेरुजु अर्को प्रतिवेदनमा नहुने विषयको जवाफ मलेपले दिनुपर्ने उहाँको भनाइ थियो। “ तपाईँहरू यहाँ दुईटा अक्षर लेखेर पढाउन मात्र आउने ? क्लियर चाहिन्छ हामीलाई ” पमुले भन्नुभयो ।–रेडियो ताप्लेजुङ,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्