ताप्लेजुङ/ताप्लेजुङ स्थित पाथीभरा÷ मुकुमलुङ, मन्दिरमा पुष महिनामा २४ लाख २५हजार रुपैयाँ मात्र भेटि संकलन भएको छ । पाथीभरा मन्दिरबाट गत मंसिर महिनामा मंसिरमा ७५ लाख ४९ हजार रुपैयाँ भेटी सङ्कलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाकारी प्राप्त गराएको थियो । पुष महिनामा मात्र ५,हजार ९ सय ११,जना दर्शनार्थीले पाथीभरा मन्दिर दर्शनका लागि पुगेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । गत महिनामा मन्दिरको दर्शनमा आउने दर्शनार्थीहरु चिसो मौषमले केहि मात्रामा संख्या घटेको पाथीभरा क्षेत्र विकास समितिले जानकारी गराएको छ । त्यसैले सदाझैं कार्तीक र मंसिर,पुष, महिनामा पनी मन्दिरको दर्शन गर्न आउने धेरै संख्याको मात्रा भन्दा कमी मानिसहरु जाने गरेको र यद्यपी यो बर्ष कार्तीक र मंसिर,पुष, महिनामा पनि मन्दिरको दर्शन गर्न जानेको संख्या भने घढ्दो उल्लेख्य रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले बताउनु भएको छ ।






