समय : ११:४७ am | शनिबार , भाद्र २७ गते २०८३

ताप्लेजुङको पाथीभरा मन्दिरमा घण्टीहरूबाट घण्टी आकारको संरचना निर्माण,

सेवालुङ खवर | असाेज ९ गते २०८२

ताप्लेजुङ/ ताप्लेजुङको पाथीभरा मन्दिरमा घण्टीहरूबाट घण्टी आकारको संरचना निर्माण भएको छ । करिब दुई हजार ३० वटा घण्टीहरू जोडेर घण्टी आकारको निर्माण भएको हो । संरचना पाथीभरा मन्दिर पुगे लगातै प्रवेशद्वारमा निर्माण भएको छ । यो संरचनाको करिब १६ फिट अग्लो र १२ फिट फराकिलो ६ हजार किलो तौलको रहेको छ । करिब १० लाख रुपियाँको लागतमा यो संरचना निर्माण गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाम्बाङ भन्नु हुन्छ,, संरचना नियान्स निर्माण सेवाले तयार गरेको हो र संरचना भक्तजनका लागि आकर्षणको नयाँ केन्द्र बनेको हो । त्यसैले मन्दिर क्षेत्रको सौन्दर्यमा समेत थप वृद्धि गर्ने र यस अघि पनि मन्दिर पुग्न करिब ५०० मिटर तल घण्टीको गेटसमेत निर्माण गरिएको हो मन्दिर क्षेत्रलाई व्यवस्थित, आकर्षक र सांस्कृतिक रूपमा समृद्ध बनाउन यस्ता संरचनाहरू निर्माण गरिँदै आएको थियो । गत आर्थिक वर्षमा पाथीभरा मन्दिर क्षेत्रमै रहेका घण्टीहरू व्यवस्थापन गर्ने उद्देश्यले १६ हजार किलो तौलका पुराना घण्टीहरू लिलामीमार्फत बिक्री गर्न बोलपत्र आह्वान गरिएको थियो । तर, विरोधपछि सो प्रक्रिया रद्द गरी अहिलेको नयाँ संरचना निर्माण गरिएको हो ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्