समय : ११:५८ am | आइतबार , भाद्र २८ गते २०८३

ताप्लेजुङ उद्योग वाणिज्य संघद्धारा उपभोक्ताले बुझ्ने र देख्ने तरिकाले मुल्य सूची राख्न,आग्रह

सेवालुङ खवर | असाेज ४ गते २०८२

ताप्लेजुङ, असोज ४ । ताप्लेजुङ उद्योग वाणिज्य संघले उपभोक्ताले बुझ्ने र देख्ने तरिकाले मुल्य सूची राख्न,म्याद भएका,गुणस्तर र लेबल भएका सामग्री मात्र बिक्री बितरण गर्न व्यवसायीलाई आग्रह गरेको छ । चाडपर्व लक्षित छुट सहितको मुल्य सार्वजनिक गर्दै ताप्लेजुङ उद्योग वाणिज्य संघले व्यवसायी तथा बिक्रेता दुबैले पालना गर्नुपर्ने न्यूनतम् प्रकृयाका बारेमा सजग गराएको हो । ताप्लेजुङ उद्योग बाणिज्य संघका अध्यक्ष विकास गौतमले खरिद गर्ने बेलामा उपभोक्ता सजग हुनुपर्ने र व्यवसायीले अनिवार्य रुपमा व्यवासायिक मापदण्डको पालनामा गर्नुपर्नेमा जोड दिनु भएको छ । वाणिज्य संघले म्याद नाघेका, गुणस्तरहिन, हानिकारक वा भ्रामक विवरणमा दिईएका बस्तु वा सेवा बिक्री बितरण नगर्न,कालोबजारी, कृतिम अभाव सृजना गर्ने, अनावश्यक मूल्यबृद्धि वा अनावश्यक मुनाफाखोरी कार्य नगर्न नगराउन सचेत गराएको छ । उसले नक्कली वा भ्रामक विज्ञापन, गलत दावी,वस्तुको गुणस्तर र मुल्य माथि गलत सूचना सम्प्रेपाण गर्ने कार्य नगर्न सम्वन्धित सबैलाई आग्रह गरेको छ । वाणिज्य संघले नापतौलका यन्त्रलाई पूर्ण रुपमा ठीक र दुरुस्त राख्न, उपभोक्ताले सामान खरिद गर्दा म्याद, गुणस्तर, मुल्य र मापनको राम्रो जाँच गर्न, अनुचित मुल्य बृद्धि, नक्कली सामग्री बिक्री वा उपभोक्ता अधिकार हनन् भएको कुनैपनि घटना भएको पाईएमा उद्योग वाणिज्य संघ, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा खबर गर्न समेत आग्रह गरेको छ । वाणिज्य संघले कानुनद्धारा बर्जित गरिएका, अखाद्य बस्तु, पटका, भुईचम्पा, आतिशबाजी जस्ता बिष्फोटक पदार्थको बिक्री बितरण तथा खरिद र प्रयोग नगर्न समेत सम्वन्धित सबैलाई आग्रह गरेकोछ । वाणिज्य संघले आउँदो कात्तिक १० गतेसम्म कायम रहने गरी उपभोग्य बस्तुको अधिकतम् खुद्रा मुल्यमा छुट सहितको विवरण सार्जजनिक गरेको छ । वाणिज्य संघका अनुसार मेची र कन्काई तथा पाथीभरा ग्याँस सिलिण्डरमा २५ रुपैयाँ छुट गरिएको छ । तोरीतेल अन्य,सूर्यमुखी तेल सेलो र सूर्यमुखी तेल अन्यमा भने कुनै छुट नदिई साविककै मुल्य यथावत् राखिएको छ । १९ वटा उपभोग्य बस्तुको खुद्रा मूल्यमा अधिकतम् प्रतिबोरा ५० रुपैयाँ देखि लिएर न्यूनतम् प्रतिकलो २ रुपैयाँसम्म छुट गरिएको वाणिज्य संघले जनाएको छ । छुट सहितको दररेट नगद कारोवारमा मात्र लागु हुने गरी जारी गरिएको छुट मुल्य विवरणमा जुत्ता चप्पल,लत्ताकपडा,कष्मेटिक तथा श्रृंगारमा सामानमा १० प्रतिशत र रंगरोकनको मुल्यमा ५ प्रतिशत छुट गरिएको छ ।चाडपर्वलाई लक्षित गर्दै ताप्लेजुङ उद्योग वाणिज्य संघले प्रत्येक शुक्रवार बन्द हुँदै आएको फुङलिङका बजार पसल दशैं, तिहार र छैटपछि आउँदो कात्तिक १४ गते शुक्रवार देखि बन्द हुनेगरीत्यसभन्दा अघिका शुक्रवार खुल्ला हुने निर्णय समेत गरेको छ । उज्यालोे पोष्ट,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्