समय : १०:१८ am | शनिबार , भाद्र २७ गते २०८३

चाडपर्वका अवसरमा चामलको मूल्यमा छुट

सेवालुङ खवर | भाद्र २९ गते २०८२

ताप्लेजुङ, भदौ २९ गते। नजिकिएको दसैँ तिहारसहित चावपर्वका अवसरमा चामलको मूल्यमा छुट सुविधा दिइएको छ। चाडपर्वको अवसरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बिक्री गर्दै आएको चामलको मूल्यमा छुट सुविधा दिएको हो।खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ताप्लेजुङ शाखाका अनुसार चामलको साविक मूल्यमा प्रतिक्विन्टल ५०० रुपियाँ छुट गरिएको छ। शाखा प्रमुख शर्मिला मिश्रले चाडपर्व लक्षित छुट भएको मूल्यअनुसार सोमबारदेखि चामल बिक्री वितरण गर्न सुरु गरिने जानकारी दिनुभयो।शाखा प्रमुख मिश्रका अनुसार ताप्लेजुङमा अरुवा सोना मन्सुली र स्टिम जिरा मसिनो चामल मात्र बिक्री गर्ने गरिएको छ। उक्त दुई किसिमको चामलमध्ये सोना मन्सुलीको साविक मूल्यमा ५०० रुपियाँ छुट गरी प्रतिक्विन्टल पाँच हजार ९०० रुपियाँमा बिक्री गरिने भएको उहाँले जानकाी दिनुभयो। त्यस्तै स्टिम जिरा मसिनो चामल ५०० छुट गरी प्रतिक्विन्टल आठ हजार ५०० रुपियाँमा बिक्री गरिने छ।हालसम्म सोना मन्सुली प्रतिक्विन्ट छ हजार ४०० र स्टिम जिरा चामल नौ हजार रुपियाँमा बिक्री गरिँदै आएको थियो। दसैँ, तिहार, छठजस्ता चाडपर्वमा उपभोक्तालाई थोरै भए पनि सहुत्यत होस् भन्ने उद्देश्यले चामलको मूल्यमा छुट सुविधा दिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ।चन्द्र पन्दाक

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्