समय : ०५:२२ pm | शुक्रबार , वैशाख ४ गते २०८३

ताप्लेजुङ बजारमा भदौयता,अलैँचीको मूल्य चार हजारले घट्यो,

सेवालुङ खवर | भाद्र १४ गते २०८२

ताप्लेजुङ, भदौ १४ गते । अलैँचीको नयाँ फसल (उत्पादन) बजारमा आउन थालेको दुई सातापछि मूल्य चार हजार रुपियाँले घटेको छ। भदौयता बजारमा आउन थालेको नयाँ अलैँची प्रतिमन (४० किलोग्राम) चार रुपियाँले घटेको हो।मूल्य घटेसँगै अहिले स्थानीय बजारमा अलैँची प्रतिमन ८४ हजार रुपियाँमा कारोबार भइरहेको व्यवसायीले जनाएका छन्। ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष भद्रवीर रेग्मीका अनुसार बिहीबारदेखि अलैँचीको मूल्य घटेको हो। सदरमुकाम फुङ्लिङ बजारका स्थानीय व्यापारीसमेत रहनुभएका अध्यक्ष रेग्मीका अनुसार प्रतिमन ८८ हजार रुपियाँले कारोबार हुँदै आएको अलैँचीको मूल्य घटेको हो।अलैँचीको मूल्य घट्नुको कारण भने थाहा नभएको रेग्मीले बताउनुभयो। नेपालमा उत्पादन हुने अलैँचीको मूल्य अन्तर्राष्ट्रिय बजारमा भर पर्ने हुँदा अन्तर्राष्ट्रिय बजारबाट नै मूल्य घटेर आएको हुनसक्ने उहाँको भनाइ छ। गएको बिहीबारदेखि प्रतिमन चार हजार रुपियाँले घटेको मूल्यमै शनिबार पनि अलैँचीको कारोबार भइरहेको फुङ्लिङका स्थानीय व्यापारी कमल बरालले जानकारी दिनुभयो । यसवर्ष बजारमा निस्किन थाल्दा नै नयाँ अलैँची प्रतिमन ८८ हजार रुपियाँमा कारोबार भएपछि किसान तथा व्यवसायी भने निकै उत्साहित भएका थिए। गत वर्षभन्दा यो वर्ष सुरुमै प्रतिमन छ हजार रुपियाँ बढीमा अलैँचीको कारोबार भएपछि स्थानीय किसान तथा व्यवसायी उत्साहित भएका हुन्। गतवर्ष नयाँ अलैँची बजारमा निस्कन थाल्दा प्रतिमन ८२ हजार रुपियाँमा कारोबार भएको थियो। यसवर्ष सुरुमै आकर्षक मूल्य अर्थात मनको ८८ हजार रुपियाँमा कारोबार हुँदा संलग्न किसान तथा व्यवसायी उत्साहित भएका थिए । यता अलैँची बजारमा निस्कन थालेको दुई साता नबित्दै मूल्य घट्न थालेपछि किसान तथा व्यवसायी झस्केका छन्। विगतका वर्षमा झैँ अलैँचीको मूल्य अस्वाभाविक रूपले घट्ने र बढ्नेभन्दा पनि स्थिर मूल्यको अपेक्षा स्थानीय किसान तथा व्यवसायीले राखेका पाइएको छ। स्थिर रउचित मूल्यले मात्र अस्वाभाविक मूल्य पाउने अपेक्षा र मूल्य घट्दा निरास हुनुपर्ने अवस्था नआउने उनीहरूको भनाइ छ।ताप्लेजुङको प्रमुख नगदेबालीको रूपमा रहेको अलैँची उत्पादन हुने मुख्य सिजन (मौसम) भने असोजपछि हो। अलैँचीको नयाँ उत्पादन निस्किन थाल्दा नै मूल्यमा उतारचढाव आउनु सकारात्मक सन्देश नभएको कतिपय व्यवसायीले बताएका छन्। नौ स्थानीय तह र ६१ वटा वडा रहेको जिल्लामा फक्ताङ्लुङ गाउँपालिका–७, ओलाङ्चुङगोलाबाहेक सबै वडामा अलैँची खेती गर्ने गरिएको छ।कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार जिल्लामा चार हजार १६५ हेक्टर क्षेत्रफलमा अलैँची खेती गरिँदै आएको छ। उक्त क्षेत्रफल बराबरको खेतीबाट गतवर्ष दुई हजार ५३१ मेट्रिक टन अलैँची उत्पादन भएको थियो। यसवर्ष फल राम्रो नलागेकाले अलैँची उत्पादन घट्ने किसानको भनाइ छ ।चन्द्र पन्दाक,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्