काठमाडौं । १६ जेठ,सरकारले गरेको नीतिगत सुधारसँगै करका दरसहित अन्य घोषणाहरू आजकै मितिदेखि कार्यान्वयनमा आएका छन् ।उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २)८२र८३ को बजेटले खरिद प्रक्रिया १६ जेठदेखि नै सुरु गर्न सकिने व्यवस्था गरेको हो ।परिवर्तन भएका करका दर भने स्वाभाविक रूपमा आजदेखि लागु हुन्छन् । अर्थमन्त्री पौडेलले ‘पोस्ट बजेट’ छलफल क्रममा नयाँ बजेटले एक दर्जनभन्दा बढी नीतिगत सुधार गरेको बताए ।उनका अनुसार १६ जेठपछि खरिद प्रक्रिया सुरु गर्न सकिने व्यवस्था गरिएको छ । यसबाट पूर्वाधार आयोजना निर्धारित समयमै सम्पन्न गर्न सहयोग पुग्ने उनको भनाइ छ ।आयोजना व्यवस्थापन र खरिद प्रक्रियामा गरेको सुधारले पूँजीगत खर्च बढ्ने उनले बताए । सरकारले यस पटक नीतिगत सुधारतर्फ वैकल्पिक वित्र् उपयोग गर्ने नीति लिएको छ । संघीय आयोजनाका लागि ३ करोडको मापदण्ड कार्यान्वयन गरिएको समेत उनको भनाइ छ ।यो पनि पढ्नुहोस अनिश्चित स्रोत स् फेरि खुद्रे आयोजनामा छरपष्ट बजेटमितव्ययिता र खर्च कटौतीका नीतिले चालु खर्च सन्तुलनमा राख्ने अर्थमन्त्री पौडेलले बताए । यस वर्ष २५ करोडभन्दा बढीका आयोजनाको राष्ट्रिय ड्यासबोर्डबाट अनुगमन गर्न सकिने व्यवस्था गरिएको छ ।अनुदानलाई लागतको अधिकतम ५) प्रतिशतमा सीमित गरिएको छ । प्रदेश र स्थानीय तहले सन्तुलित बजेट ल्याउनुपर्ने व्यवस्था गरिएको, वन क्षेत्रको जग्गा उपयोगमा सरलीकरण गरिएको र सामाजिक सुरक्षा खर्च र स्वास्थ्य बीमालाई थप व्यवस्थित गरिएको अर्थमन्त्रीले बताए ।यस वर्ष कन्टिन्जेन्सी तथा परामर्श दाताको खर्चमा नियन्त्रण गरिएको छ । राष्ट्रिय परिचयपत्रलाई मुख्य आधार मानी सामाजिक सुरक्षा र सेवा प्रवाह व्यवस्थित गरिएको उनको भनाइ छ । विदेशी लगानी प्रवद्र्धनका लागि नीतिगत सुधार गरिएको समेत अर्थमन्त्रीले बताए ।बजेट कार्यान्वयनमा जोडअर्थमन्त्री पौडेल यस पटक आयोजना व्यवस्थापन क्षमता बढाउन बजेटले जोड दिएको बताउँछन् । समयमै दरबन्दी पदपूर्ति गर्नुपर्ने र नीतिगत सुधार तथा बजेट कार्यान्वयनमा विषयगत मन्त्रालयले समेत अग्रसरता लिनुपर्ने उनको भनाइ छ ।राष्ट्रिय योजना आयोग उपाध्यक्ष प्रा। डा। शिवराज अधिकारीले बजेट कार्यान्वयनमा मुख्य जोड दिइने बताउँछन् । उनले यस पटक बजेट प्रणालीमै ‘रिफर्म’ सुरु गरिएको बताए ।यो पनि पढ्नुहोस यी हुन् धेरै बजेट पाउने १) मन्त्रालय करका दर, आयोजना छनोटदेखि समग्रमा निजी क्षेत्रलाई प्रेरित गर्ने गरी बजेट ल्याइएको उनको भनाइ छ । आयोजना संख्या ४ हजार ६ सय ५४ ले घटेको दाबी गर्दै उनले ३ करोडभन्दा कम लागतका आयोजना राष्ट्रिय आयोजना बैंकमा नराखिएको समेत बताए ।नेपाल राष्ट्र बैंकका गभर्नर प्रा। डा। विश्वनाथ पौडेलेले समेत बजेटको प्रभावकारी कार्यान्वयनमा जोड दिइने बताए ।नयाँ बजेट कार्यान्वयनपछि सरकारले देखेको ६ मुख्य उपलब्धिआर्थिकगतिविधिविस्तारनिजी क्षेत्रको लगानी वृद्धिरोजगारीको अवसर वृद्धिपूर्वाधार आयोजना निर्धारित समयमै सम्पन्न६ प्रतिशतको आर्थिक वृद्धि हासिल यो पनि पढ्नुहोसबलियो सरकारको औसत बजेटयो पनि पढ्नुहोस‘दुईतिहाइको सरकारले पोलिसी डिपार्चरको अवसर गुमायो बजेट सेयर बजार अनुकूल,के विषय समेटिए ?यो पनि पढ्नुहोसकुन वस्तुमा भयो भन्सार दर हेरफेर ? ‘कृषि लगानी दशक’ नछोएको बजेट। साभार अनलाइन खबर,
नयाँ बजेट कार्यान्वयन आजदेखि, करका दरसँगै खरिद प्रक्रियाको बाटो खुल्यो,





