समय : १०:०२ pm | शुक्रबार , वैशाख ४ गते २०८३

पाथीभरा मन्दिरमा माघ महिनामा १० लाख रुपैयाँ भन्दा बढी भेटि संकलन

सेवालुङ खवर | माघ ३० गते २०८१

ताप्लेजुङ/ताप्लेजुङ स्थित पाथीभरा मन्दिरमा माघ महिनामा १० लाख रुपैयाँ भन्दा बढी भेटि संकलन भएको छ । पाथीभरा मन्दिरबाट माघ महिनामा १० लाख ४० हजार ३००रुपैयाँ भेटिपाति संकलन भएको हो । माघ महिनामा ४ हजार २ सय ४९ जना दर्शनार्थी पाथीभरा मन्दिर दर्शनका लागि पुगेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । माघ महिनामा चिसो मौसमका कारणले मन्दिरको दर्शनमा दर्शनार्थीहरु केहि मात्रामा कम मात्र जाने गरेको छ । चिसो मौसमका कारण पुस र माघ महिनामा मन्दिरको दर्शन गर्न अरु भन्दा कम मानिसहरु मात्र जाने गरेको र यद्यपी यो बर्ष माघ महिनामा पनि मन्दिरको दर्शन गर्न जानेको संख्या भने उल्लेख्य रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले बताउनु भएको छ ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्