समय : ११:०२ am | शनिबार , भाद्र २७ गते २०८३

ताप्लेजुङ फुङलिङस्थित ताक्वाचङ याराक्मातेन यालाङ् धान नाँच पार्कको भव्यताका साथ अनावरण

सेवालुङ खवर | पौष २५ गते २०८१

ताप्लेजुङ/ ताप्लेजुङ बजारको फुङलिङस्थित तोक्मे बजारमा ताक्वाचङ याराक्मातेन यालाङ् धान नाँच पार्कको आज २०८१ पुष २५ गते विहिबार तोक्मेडाँडा शनिबारे बजार लाग्ने स्थानमा विविध कार्यक्रमका साथै भव्यताका साथ अनावरण गरिएको छ । लिम्बुहरुको ऐतिहासिक र पहिचान,सांस्कृतिक झल्कने २ महिला र २ पुरुष धान नाचिरहेको ताक्वाचङ याराक्मातेन यालाङ सो(धाननाँच पार्क) विविध कार्यक्रमका साथै अनावरण गरिएको हो । यालाङ (धा ननाँच पार्क) निर्माण गरिएको किरात याक्थुङ चुम्लुङ प्रवास समिति इजरायलको सहयोग दार्थमा करिब ५० लाख रुपैयाँ आर्थिक संकलनभई निर्माण गरिएको निमार्ण समितीले बताएको छ । नव निर्मित सो पार्क अनावरण उद्घाटन कार्यक्रममा कृतिमान मादेन र किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा अध्यक्ष ईदिरा मेन्याङवोको सयोजकतामा ं ताक्वाचङ याराक्मातेन यालाङ् धान नाँच पार्कको अनावरण गरिएको थियो । अनावरण कार्यक्रमको प्रमुख अतिथी प्रेम येक्तेन विशिष्ट अथितति नुमा काङभा लिम्बू जिल्ला प्रमुख,नगर प्रमुख,स्थानिय जनप्रतिनिधी सञ्चारकर्मी,समाजसेवी जातिय संघ संस्थाको प्रतीनिधीहरुका उपस्थिती रहेको थियो । ताक्वाचङ याराक्मातेन यालाङ सो(धाननाँच पार्क) किरात याक्थुङ चुम्लुङ प्रवास समिति इजरायलमा रहेर सहयोग गर्नुहुनेहरुलाई सम्मान पत्र सहित सम्मान गरिएको थियो । कार्यक्रममा चर्चित कलाकारहरु दिपा सुहाङ, नोगेन लिम्बु, पालाम तथा हास्य कलाकार पुष्पाञ्जली तिलिङ (चपेतीको आमा), द भ्वाइस किट्सकी फाइनलिस्ट रुक्साना लिम्बु,अन्तराट्रिय अनलाइन पालाम विजेता गायिका सुनिता केदेम लाबुङ र अन्तराट्रिय अनलाइन हाक्पारे विजेता अम्बरजङ केदेम,साथै स्थानीय कलाकारहरु सुरज मादेन, सावाला मादेन लगायतको बेजोड प्रस्तुती हुने र यालाङ, केलाङ् लगायत सांस्कृतिक कार्यक्रम समेत गरिने आयोजक समिति स्रोतले बताएको छ ।

फाटो:तस्विर बसन्त लिम्बू (लाबुङ्),

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्