समय : ११:०३ am | शनिबार , भाद्र २७ गते २०८३

ताप्लेजुङको ग्राम्रीण क्षेत्रमा, रेडपान्डा संरक्षण गर्न कुकुर र बिरालाको बन्ध्याकरण

सेवालुङ खवर | कार्तिक ३ गते २०८१

ताप्लेजुङ,ताप्लेजुङको ग्राम्रीण क्षेत्रमा रेडपान्डा संरक्षण गर्न कुकुर र बिरालोको बन्ध्याकरण अभियान थाएिको छ। रेडपान्डा नेटवर्कको सहयोगमा हिमाली संरक्षण मञ्चले विगत ७ वर्षदेखि अभियानलाई निरन्तरता दिँदै आएको हो। रेडपान्डा पाइने विभिन्न बस्तीमा रहेका कुकुर र बिरालाको बन्ध्याकरण गर्नुका साथै रेबिजविरुद्ध खोप दिएर रेडपान्डा संरक्षण अभियान सुरु गरेको हिमाली संरक्षण मञ्चका सचिव विविश केदमले जानकारी दिए। उनका अनुसार अभियानले रेडपान्डाका लागि सुरक्षित वातावरण सिर्जना गर्न, संक्रमण र हिंस्रक आक्रमणबाट रेडपान्डालाई जोगाउन विशेष प्रयास गरिरहेको छ। रेडपान्डा पाइने क्षेत्रका ग्रामीण समुदायमा पशु स्वास्थ्य र जनावर व्यवस्थापनका गतिविधिलाई प्राथमिकता दिइँदै आएको छ। फुङलिङ नगरपालिकाको फावाखोला, फुरुम्बु, काफ्लेपाटी, माथिल्लो फेदी, हाङदेवा र पाथीभरा याङवरक गाउँपालिकाको तिरिङगे, सिरिजंगा गाउँपालिकाको सिकैचा क्षेत्रका बस्तीमा बन्धाकरण साथै रेबिज भ्याक्सिन कार्यक्रम सञ्चालन गरिएको मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताए।उनका अनुसार यस कार्यममा करिब ३६८ कुकुर र बिरालालाई रेबिजविरुद्ध खोप दिइएको छ। यसका अतिरिक्त, जनावरको स्वास्थ्यका लागि भिटामिन, लुतोको औषधि, र जुम्राको औषधि पनि वितरण गरिएको छ। कुकुर र बिरालोलाई रेविजविरुद्धको खोप लगाएपछि, रेडपान्डासँग प्रत्यक्ष सम्पर्कमा आउँदा सम्भावित संक्रमणबाट जोगाउन सकिने भएकाले विगत लामो समयदेखि कार्यक्रमलाई निरन्तरता दिँदै आएको मञ्चले जनाएको छ। मञ्चका सदस्य भिङमारे लिम्बूका अनुसार यही कात्तिक अन्तिम सातादेखि मंसिर पहिलो सातासम्ममा फुरुम्बु क्षेत्रका बस्तीमा रहेका कुकुरका लागि बन्ध्याकरण शिविर सञ्चालन गर्ने योजना पनि बनाएको छ। कुकुरको संख्या व्यवस्थापन स्वस्थ राख्न कार्यक्रम गर्न लागेको उनले बताए। बन्ध्याकरण कार्यक्रममार्फत कुकुरको संख्यालाई सन्तुलनमा राख्न सम्भव हुनेछ, जसले वातावरणमा थप सुरक्षा प्रदान गर्न मद्दत पुर्‍याउने मञ्चले जनाएको छ।साभार:-नयाँ पत्रिका,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्