समय : ०२:५० pm | आइतबार , भाद्र २८ गते २०८३

प्रकृती र भौगोलिक मुन्धुमीस्थल मैवाखोला गाउँपालिकामा रहेको वसाङलुङ्,

सेवालुङ खवर | श्रावण ३० गते २०८१

ताप्लेजुङ, ताप्लेजुङको मैवाखोला गाउँपालिकामा रहेको– वसाङलुङ मैवाखोला गाउँपालिका वडा नं ६ को सामतोङ गाउँमा पर्दछ ।वसाङलुङ चटानले भरीएको करिव १५० मिटर उचाई र ५० मिटर फराकिलोे गोलाई रहेकोमा टुप्पोमा र त्यसैको आसपासमा बुट्यानहरु छन । यसको टुप्पोमा धुपी,कउलो,घुङग्रीङ,तितेपाती, माङलोक, माङयाङबुङ, आदि बुट्यानहरु छन्। भने विचमा पोखरी,वाधोक पक्वा पनी भनिन्छ । लिम्बूको फेदाङमा येवाहरुले कुनैपनी संस्कारमा बटुकोमा पानी राखी उपासना गर्दछन् । ईम्बीरी याङधाङवा अर्थात तमोर नदी,पश्चीम भेग काईलासो भन्ने जग्गामा तेत्लारा लाहाङदोना,र सुहाम्फेवा दाजु,बईनी विच काईसोदोक अर्थात हाडनाता करणीभई पेलीफाङजाङ सावायेत्हाङहरुको जन्मभयो योकुरा तागेरानिङफु माङले थाहापाएपछी बंश रक्त,नाता सम्बन्ध छुट्रयाउने आदेश भईआउँदा ज्ञानवोदी सावा येत्हाङहरुले शभाराखी रक्त सम्बध वंश नाता सम्बन्ध केलाए यसरी सवै जन्मीएका हरुलाई चाँदीको चाल्नीमा राखी सम्बन्ध केलाउँदा तल झरेका ८ जना लाहाङ दङनाको भागमा र सुहाम्फेवाको भागमा ९ जना परेकाथिए । एकजना चल्नीमै अड्रकिएपछी बाबु आमाले तानातान गरेपछी चुँडिएर मरेपछी येवाहरुको काम्नेगुरु सामेन्धुङमा येक्मेन्धुङमा बनी लाहाङदोना र सुहम्फेवा उनीहरु कहिले नभेट्रने बाचा गरी छुटीएर चेली,माईती,र रक्त सम्बन्ध यौन सम्बध बर्चीत गरे। यो मुन्धुम लेख सामाजिक संजाल बाट,

फोटो तस्विर :- समाजिक संजालबाट साभार,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्